Sunday, November 9, 2014

सुखको बारेमा

                                                  गोरख पाण्डेय (भारत)



सुखी को हो ? यक्षले युधिष्ठिरसँग सोधेको चारओटा प्रश्नमा यो पनि एउटा थियो । युधिष्ठिरले सबैभन्दा राम्रो उत्तर पनि यसैको दिएका थिए भन्ने मलाई लाग्दछ । उनले भनेका थिए — जसले दिनको अन्तिम भागमा जसले घरमा साग पकाउँछ , जो आसामी (ऋणी) छैन र प्रवासी होइन त्यही व्यक्ति खुसी हो । अर्थात जो स्वतन्त्र हुन्छ त्यही सुखी हो । 

जे होस् यतिवेर म जब सुखको विषयमा सोचिरहँदा भने दुःखी भइरहेको छु । खुसी छु त्यसैले दुःखी भइरहेको छु । त्यस्तो होइन, जुन मानिसहरु सुखी हुन्छन् उनीहरु दुःखी हुन सक्दछन् । तर स्ुखलाई दुःखको कारण तिनीहरु नै भन्न सक्छन्, जो आफैँ सुख लुटिरहेका हुन्छन् र जसबाट लुटिरहेका हुन्छन् तिनीहरुलाई धोका दिनका निम्ति आफू दुःखी भएको स्वाङ पारिरहेका हुन्छन् । 

म दुःखी भइरहेको छु यसको कारण के हो भने प्रायः मेरो लागि सुख एउटा कल्पनाभन्दा बढी केही भएको छैन । जीवनमा सुखका केही क्षणहरु अवश्य नै आएका छन् तर, ती चम्किलो पखेटा भएका पुतलीहरु झैँ उडेर गएका छन् । हो बढी कृपालु भएको छ । त्यो त्यस्तो कालो र गह्रुङ्गो ढुंगे पहाड सरह छ जुन आएपछि फेरि टसकोमस हुँदैन । शरीरको रेसा–रेसाबाट रगत बग्न थाल्दछ । मन चित्कारले भरिएर आउँछ पनि, त्यान्द्रोको आड  पनि गह्रौँ हुन्छ र अब जहाज  डुब्दैछ जस्तो लाग्दछ । कहिले जीविकाको खोजीमा भौतारिन थाल्दछाै त भौतारीनै रहन्छौँ ।  खोजी पूरा हुदैन । यसैवीच भोक लाग्दछ र अपमानको झरझराउँदो अगुल्टोले झोसिन्छ । यस्तो भैइरहेको बेला के थाहा हुन्छ भने हाम्रो जीवनको भलाइको निम्ति जुन मानिसहरु संघर्ष गरिरहेका हुन्छन् र जसलाई हामी भरोसा ठान्दछाै , उनीहरु स्वयम् आपसमा बाझ्न थालेका छन् । (यद्यपी यो लडाईँ पनि उद्देश्यहिन हुदैन । त्यति हुदाहुँदै पनि एकताका शक्तिहरु पनि काम गरिरहेका छन् । फेरि पनि छ्यान्नब्यान्न छ र यो दुःखद हो ।) यसरी एक पछि अर्को कालो र गहँ्रुङ्गो पहाडसरह दुःख आउँछ र छातिमाथि बसेपछि बसेको बस्यै गर्दछ । केही समय अघि एउटा अंग्रेजी फिल्म हेर्न पाइएको थियो, त्यसको एउटा दृश्यमा जमिनदेखि आकाशसम्म गाढा अँध्यारो फैलिएको थियो र क्षितिजमा झलमलाउँदो एउटा सुनौलो शहर केही क्षण देखिएतापनि अलप हुन्छ । जति–जति दुःखले विस्तार पाउँछ र गहिरो हँुदै जान्छ ,त्यति–त्यति सुखको झमलाउँदो प्रयत्न पनि बढ्दै नै जान्छ । सुखका बारेमा अहिले सोच्नुको कारण पनि सायद यही दुःख नै हो ।
तर म के जान्दछु भने न त दुःख एक्लैको छ, न सुखको कल्पना नै म एक्लो हो । शताब्दिऔँदेखि मानव जाति दुःखको समुद्रमा डुवुल्की मार्दै आएको छ शताब्दीआंैदेखि दुःख दिने प्राकृतिक र सामाजिक शक्तिहरुका विरुद्ध लड्दै आइरहेकोे छ । तर सुखलाई उसले जीवनको वास्तविकता बनाउन पाएको छैन । सुख सपना हो , यो उसको प्रचलित टुक्का हो र उसले कल्पनामा एउटा त्यस्तो संसार पनि बनाएर राखेको छ जसलाई हामी स्वर्ग भन्दछौं । 
शोषकहरु जे आम जनताद्वारा उब्जाएको सारा सुख सम्पदालाई उनीहरुकै विरुद्ध तिनलाई सबै ढंगले पराधिन बनाउनका लागि प्रयोग गर्दछन् । तिनले यो स्वर्गको कल्पनालाई पनि आम जनताको विरुद्ध उपयोग गरेका छन् । प्रष्ट छ, स्वर्गको कल्पनाको भौतिकताको आधार त्यही सम्पदा नै थियो, जसलाई शोषक वर्गले शक्तिको भरमा जनताबाट खोसेर लिएको थियो, यस्तो अवस्थामा आम जनताको सुखको कल्पना त्यतिखेर मात्रै साकार हुन पाउँथ्यो, जतिखेर संगठित भएर उसले शोषक वर्गबाट आफ्नो  सम्पूर्ण सम्पदा, आफनो सारा सुख खोसेर फिर्ता  लिन्थ्यो । तर शोषकहरु किन यस्तो हुन दिन्थे ? उनीहरुले यो संसारमा कुनै सुख हँुदैन भनेर सिकाए । पछि कतै सुख छ भने त्यो स्वर्गमा छ, जहाँ मरेपछिमात्र जान सकिन्छ । जीवनभरि दासत्ताको जुवामा काममा लागि पर, दुःख कष्ट बेहोर, धर्म र व्यवस्थाको पालना गर, अनि मर । जसले गर्दा स्वर्गमा सुख पाउन सक्छौं । यो उपदेश तिनीहरु दिइरहेका छन् जो भोग विलासको वनमा विहार गरिरहेका छन् । जो शासन कायम राख्नका लागि निहत्था मानिसहरु, महिलाहरु र साना नानीहरुसम्मलाई आत्महत्या गर्नु धर्म भनिरहेका छन् । र जसले स्वर्ग जानका निम्ति आफूले चाहिँ कुनै कष्ट गरेनन् जसले गर्दा धरतीको भार हलुङ्गो होओस् ।

शासक वर्गका चिन्तनहरु दुःखलाई मानव जीवनको अनिवार्य अंगको रुपमा प्रस्तुत गर्दछन् । तिनका अनुसार प्रकृतिको सम्पर्कमा आउनु वा शरीर धारण गर्नु आफैँ दुःख र बन्धनबाट घेरिनु हो । उनीहरु कहिलेकाँही दुःखलाई पनि सुख जस्तो भन्दछन् ।  जस्तो उनीहरुमध्ये दुःखले सबैलाई भाँड्दछन् । जसलाई भाँड्दछन्, तिनलाई अरुले स्वाधीन राख्नका लागि तयार पार्दछ । उनीहरु के बिर्सन्छन् भने दुःखले स्वाधीनतालाई पुछेर सफा गर्न सक्दछ । र कसैको स्वाधीनता अरुको दुःखमा निर्भर हुन्छ भने यसबाट त के ऊ आफ्नो स्वाधीनताका निम्ति अरुहरुलाई पराधीन  र दुःखी बनाउन चाहन्छ भन्ने निष्र्कष निस्कँदैन र ? स्वधीनता र सुखमा त्यही सम्बन्ध हुन्छ, जुन पराधीनता र दुःखमा हुन्छ । बाबा तुलसीदासका  शब्दमा “पराधीन सपनेहु सुख नाही ।” के ज्ञान छ भने जो मानिसहरु दुःखलाई प्राकृतिक नियमका रुपमा वा सुखका रुपमा प्रस्तुत गर्दछन् उनीहरु जीवनलाई स्वधीन र सुखमय बनाउनका लागि चलिरहेको संघर्षलाई कमजोर बनाउन चाहन्छन् र सुख सम्पदामाथि एकाधिकार बनाइराख्न चाहन्छन् । आफ्नो समयका महान् क्रान्तिदर्शी बुद्धले पनि सम्ूुर्ण संसारलाई दुःखमय भनेका थिए । तर बुद्धको यो विचार एकातिर समाज चारैतिर फैलिएको यातना र दमनका परिस्थितीलाई देखेर भनेको थियो । परिस्थितीहरु यसको वास्तविक रुपबाट अतिक्रमण त्यतिखेर गर्न सकिन्नथ्यो भने अर्कोतिर शासकवर्गका प्रचलित आत्मवादी विचारधाराका विरोधबाट पनि बनेको थियो जसको एउटा प्रमुख तत्व सुख थियो र उसको हललाई बुद्ध राम्ररी जान्दथे । बुद्धले समताको आधारमा संघको आन्दोलन चलाए जुन यही जीवनमा सुख आर्जित गर्ने प्रयास थियो ।  यस अतिरिक्त जब उनी सुख दुःखको बारेमा सोच्दथे, उनलाई के लाग्दथ्यो भने इच्छा (तण्हा, तृष्ण) नै दुःखको स्रोत हो । इच्छा विनाको जीवन हुन सक्दैन र इच्छा भयो भने दुःख पनि हुनेछ । यही कारण दुःखको अन्त्य हुनुलाई जीवनको अन्त्यमा फेला पर्दथ्यो जसलाई निर्वाण अर्थात् बत्तीको ज्वाला निभ्नु भन्दथे । 

अब थोरै इच्छा बारेमा ध्यान दिनुहोस् । हाम्रो शरीरले गतिशिल रहने क्रममा लगातार ऊर्जा (तागत) खर्च गर्दछ । गतिलाई कायम राख्नका लागि शरीरलाई ऊर्जाको खाँचो पर्दछ । यो साँचो भोक हो । भोकले मानसिक रुपमा खाने इच्छा गर्दछ । यस इच्छालाई पूरा गर्नु सुख हो र नगर्नु चाहीँ दुःख हो । यसका निम्ति मनुष्यले औजारहरु बनायो । उत्पादन कर्म ग¥यो र सामान्य पशुबाट स्वतन्त्र मनुष्य बन्न पुग्यो । के इच्छा दुःखको स्रोत हो ? होइन । इच्छाले स्वतन्त्रता हाँसिल गर्नमा प्रेरक शक्तिको काम गर्दछ । यसमा संकल्प शक्ति हुन्छ । हाम्रा देशका थुप्रै विचारकहरुले के मान्दै आएका छन् भने इच्छाले कर्म गर्न प्रेरणा दिन्छ र कर्म बन्धन बन्न पुग्दछ । उनीहरु यस्तो किन भन्दछन् ? जुन इच्छाले उत्पादन कर्मलाई प्रेरित ग¥यो । त्यही बन्धन र दुःखको कारण कसरी ठान्न थालियो ? त्यही नै नरक र स्वर्गमा गरिबी र सम्पन्नतामा दास र मालिक वर्गमा बाँडिएको समाजमा दृष्टि केन्द्रित गर्नु आवश्यक छ । जुन मानिसहरु आफ्नो श्रमबाट प्रकृतिलाई बदल्दछन्, उत्पादनको कार्य गरेर अनिवार्यताकोे अन्तरबाट स्वतन्त्रताको मीठो फल पलाउँछन्, तिनै मानिसहरु सामाजिक विकासको एउटा अवधिमा दास बनाइन्छन्  र दासहरुको मेहनतबाट उत्पन्न सुख सम्पदा र स्वतन्त्रताका मालिक तिनीहरु बन्दछन् । जुन मानिस श्रम र युद्ध गर्दछन्, शारीरिक श्रमद्धारा प्रकृतिसँग सिधा सम्पर्क बनाउँने जनता पराधीन हुनासाथ शरीर समेत सम्पूर्ण (भौतिक) श्रमलाई वहन गर्ने (वास्तविक) जगतमात्र पराधीनता र दुःखको जगत् बन्न पुग्दछ । अकर्मण्यता र इच्छाहीनता, स्वतन्त्रता र आन्दोलन पर्याय बन्दछन् । शासक वर्गबाट आएका विचारकहरु आफ्नो वर्गको सत्ता स्थापना गर्न थाल्दछन् । र जसरी उनीहरुको सत्ता श्रमिक जनताको सत्ताको निषेधमाथि आधारित हुन्छ । उल्टो सामाजिक सम्बन्धहरुको अनुरुप एउटा उल्टो दर्शन पनि जन्मन्छ । यो भाववादी दर्शन हो । यसले हजारौं वर्षदेखि भौतिक जगतलाई र हाम्रो शरीरलाई हाम्रा इच्छाहरुलाई र हाम्रो कर्ममय भ्रम तथा अधर्म घोषित गरिदिएको छ र यति प्रष्ट रुपबाट गलत हुँदाहुँदै पनि परजीवि शासक वर्गको कारण शासक विचारधाराका रुपमा रहिरहेको छ । 

हामी प्रायः रचनात्मक सुख र रचनात्मक स्वतन्त्रताको कुरा सुन्दछौं । आफँैमा यो गलत छैन । तर यो रचनात्मकता प्रायः मानसिक श्रमको रुपहरु र खासगरी कला रचनाका सिपहरुमा सिमित हुन्छ । जुन मानिसहरु आफ्नो श्रमबाट रचना गर्दछन् जो अन्नवाली, पुल र बगैँचाहरु निर्माण गर्दछन् ती मानिसहरुलाई न कुनै सुख हाँसिल हुन्छ न स्वतन्त्रता नै, तर ती अन्नवालीहरु, पुलहरु र बगैँचाहरुको चित्र लेखेर वा कविता लेखेर हामी रचनाको सुख भोग्दछौँ । जुन मानिसहरु वाली, भवन र वगैँचा बनाउँदछन् उनीहरु नै हाम्रो जीवनका वास्तविक रचनाकार हुन् । एक त उनीहरु उत्पादन कर्म आफ्नो इच्छाअनुसार होइन अरुको अथार्त सम्पत्तिका मालिकहरुको इच्छा अनुसार उत्पादन गर्दछन् । र अर्को उनीहरु आफ्नो कार्यबाट आफ्ना निम्ति निरन्तर दासत्ता र अभावको रचना गर्दछन् । उनीहरु  आफ्नै कर्ममा नै आफ्ना निम्ति अलगाव उत्पन्न गर्दै जान्छन् र आफ्ना कर्मका फलहरु अर्थात् मालिकहरुको सम्पत्तिको बन्धनमा बाँधिरहन्छन् । जसरी कलाकार आफ्नो रचना माध्यम र आफ्नो बिषयवस्तुमा बढी भन्दा बढी नियन्त्रणमा राखेर सुख र स्वतन्त्रता अनुभूति गर्दछ, त्यस्तै जीवनका यी वास्तविक रचानाकारहरु पनि सुखी र स्वाधीन हुनुपर्ने, जो आफ्नो कर्मद्वारा प्रकृतिका सम्पूर्ण अङ्गहरु र माध्यमहरु नियन्त्रण गर्दै जान्छन् । तर त्यस्तो हुँदैन । जहिलेसम्म मनुष्यद्वारा मनुष्यको शोषण जारी रहनेछ त्यतिखेरसम्म यस्तो हुन पनि सक्दैन ।
युरोपमा पुँजीवादको उदयका साथै भौतिक जगत् तथा केन्द्रीयताले पुनः नयाँ गरिमा पाउँन थालेको थियो । माइकेन्जेलोका मुर्तिहरु मानव शरीरको शक्ति, सौैन्दर्य र गरिमाको उद्घोष लाग्दछन् । मोनालिसाको विश्वविख्यात मुस्कान त्यही समयको कृति हो । आफ्नो प्रगतिशील अवधिमा आम जनताको नेतृत्व गर्दै पुँजीपति वर्गले सामन्तवाद र त्यससँग जोडिएको एउटा क्रान्तिकारीको शक्तिको रुपमा मजदुर वर्ग संगठित हुनको साथै पुँजीपति वर्ग स्वयम् धर्म र अबुद्धिवादको काखमा लुक्न पुग्यो र पुँजीसँग गाँसिएको उसको हृदयले व्यक्तिगत सुखको विचार मात्र अपनाउन सक्यो  तर विज्ञान र मजदुर वर्गले जुन क्रान्तिकारी परिर्वतन प्रारम्भ गरेका छन् । त्यो मानव जातिको सुखको आदिम सपनालाई सामाजिक वास्तविकता बनाउने दिशामा एउटा ठोस आरम्भ बनिसकेको छ । 
मलाई के लाग्दछ भने, सुख ती आधारभुत आवश्यकतालाई पूरा गर्नुमा मिल्दछ, जुन आवश्यकताहरु हाम्रो सामाजिक अस्तित्वसँग  गाँसिएको हुन्छन् । कुनै राम्रो कुरा एक्लै खाँदा वा कुनै राम्रो दृश्य एक्लै हेर्र्दा मलाई केही लुकाउँदै छु जस्तो लाग्दछ । हाम्रो सामाजिक (मानवीय) अस्तित्वको सिर्जना सामूहिक श्रमबाट भएको हो र यही कारण सुख वा मुक्ति पनि वास्तविक अर्थमा सामूहिक रुपबाट पाउँन सकिन्छ । जुन मानिसहरु व्यक्तिगत रुपबाट सुख लुट्ने प्रयत्न गर्दछन् उनीहरुको जीवन सामान्य जनावरको जीवनभन्दा माथि उठेका हुँदैनन् । तिनीहरुका इच्छाहरु स्वयम्मा अश्लील हुन्छन् । 

हाम्रो मुलुकमा सामन्तवादका जराहरु ज्यादै गहिरोसँग गाडिएका छन् र एउटा सिमासम्म अहिले पनि गाडिएरै रहेका छन् वेदहरुलाई परम् पवित्र ईश्वरको वचन मान्न सामन्ती चिन्तकहरुले सँगै खाने र सँगसँगै सुख आर्जित गर्ने वैदिक उपदेश बिर्सिएर उनीहरुले भेदभाव वा जातिपातिको कस्तो अवस्था निर्माण गरे भने यस धरतीमा सुखको कल्पना नै कठिन हुन पुगोस् । उनीहरु सुखको इच्छालाई पाप घोषित गर्दथे । उनी भौतिकवादी विचारकहरुलाई शुद्र (पराधीन जनता)बाट अलग गर्न दमनको आड लिन्थे किनभने भौतिकवादी विचार शुद्रहरुलाई स्वधीता र सुखको लडार्इं लड्न वैचारिक हातहतियार प्रदान गर्दथ्यो । उसो त यी सामन्तवादका यी कुटिल दिमागका विचारकहरु पनि जुन लक्ष्यलाई पाउने कुरा गर्दथे । त्यस (ब्रम्ह) को प्रमुख तत्व आनन्द थियो र तिनका स्वर्गका देवता इन्द्र जो सत्ता खोसिने डरले प्रायः त्रस्त रहन्थे । यदा कदा स्वर्गका निरन्तर तरुण रहने अप्सराहरुबाट वाक्क भएर पृथ्वीमा ओर्लन्थे र ऋषि पत्नीहरुलाई शिकार बनाउँथे
यही धरतीमा ,यसै जीवनमा सुखी र स्वाधीन हुनका निम्ति लड्न यस जीवनलाई सत्य मान्नु पनि हो । तपाईं भाववादीहरुजस्तो जगत् र जीवनको वस्तुगत सत्तालाई गर्नुहुन्न भने त तपाईंको निम्ति  जीवनलाई परिर्वतन गर्नको निम्ति संघर्ष गर्नुपनि अर्थहिन हुनेछ । यहाँ नै हामीलाई द्वन्दात्मक भौतिववादले मद्दत पु¥याउँछ र त्यस्तो शक्तिशाली वैचारिक हतियार दिन्छ । जसबाट हामी दुनियाँलाई बदल्न र अझ राम्रो बनाउन सक्छौं ।

भाववादी मानिसहरु सहि ढंगबाट भौतिकवादी दर्शनको सामना गर्न नसकेपछि यस्तो निन्दा गर्न सुरु गर्छन् । उनीहरु यसलाई खन्चुवा र कामुकहरुको दर्शन भन्दछन् । यसको उत्तर हामी दुई तरिकाबाट दिन्छौंः– पहिलो, व्यक्तिगतरुपबाट भोग विलास गर्ने उनीहरुको पाशविक प्रवृतितिर संकेत गर्दछौं भने दोस्रो, आम जनताको मुक्ति संघर्षको यो बाटो थुप्रै कठिनाइ र बलिदानहरुबाट भरिएको बाटो हो । त्यसैले हामी बलिदान दिन्छौं जसले गर्दा हामी मुक्त हौं । हामी खुसी हौं ।
                                                                                                  साभार: प्रस्थान जर्नल

Wednesday, November 5, 2014

पार्टीभित्र र पार्टीहरु विचमा हुने द्धन्दको लोकतन्त्रमा पर्ने असर

गिरीराजमणी पोखरेल


प्रारम्भ
१.१ नेपाली जनताले लामो समयदेखि  अपेक्षा गरेको संविधान आउन नसकेको, संविधानसभा भंग भएको र दोस्रो संविधानसभाको लागि राजनैतिक दलहरु विच न्युनतम सहमति हुन नसकेको, १२ बुदे सहमति गर्ने राजनैतिक दलहरु विच एकता टुटेको र सरकारको नेतृत्वको विषयमा संघर्ष चर्किरहेको, देशमा बैधानिक निकाय नभएको र प्रधानमन्त्री र राष्ट्रपतिको अधिकार र क्षेत्राधिकार सम्बन्धी विवाद चलिरहेको र संवैधानिक निकायमा महत्वपूर्ण पदहरु रिक्त हुदै गएको अहिलेको राजनैतिक परिदृश्यमा राजनैतिक संकट गहिरिएर लोकतन्त्रको भविष्य माथि नै प्रश्न चिन्ह खडा हुन लागेको बेला यो गोष्ठी आयोजना गरिएको छ । देशको राजनैतिक संकट गहिरो हुनमा प्रमुख राजनैतिक दलहरु जिम्मेवारी रहेको र तिनीहरुको एकता र सहकार्यको प्रक्रृयालाई अघि बढाउन यो गोष्ठीले पनि केही सहयोग गरोस् भनेर नै यो आयोजना गरिएको होला भनेर म पनि सामेल भएको छु । समस्यालाई बुझने र समाधान गर्ने सन्दर्भमा गोष्ठीले  सहयोग  नै गर्ने छ भन्ने अपेक्षा गरेको छु ।
१.२. लोकतन्त्र माथि जुन संकट छाएको छ त्यसको कारण के हो ? को हुन ? यसका लागि को जिम्मेवार छ ? यस बारे यो मंचमा आजै छलफल नहोला । सायद आजको विषयले त्यो समेट्दैन । हामीलार्ई मिमांसा गर्ने मञ्चहरु चाहिएका छन् । आआफ्नो अहमलाई भत्काउन नसके पनि अलिकति कमजोर पा¥यौ भने त्यसले समाज विकासको यात्रालाई गति दिन  सहयोग नै गर्नेछ ।
१.३. विषय बस्तुमा जान अघि लोकतन्त्रवारे सानो टिप्पणी गर्न चाहान्छु । यहा लोकतन्त्रमा पर्ने असर भनेर के भन्न खोज्न भएको हो ? प्रष्ट छैन । लोकतन्त्र एउटा  व्यापक अर्थ राख्ने शब्द हो । म्याग्नाकार्टावाट शुरु भएको इतिहासलाई फ्रान्स, अमेरिका, सोभियत संघ, चिन, कोरिया, क्युवा हुदै अहिलेका ल्याटिन अमेरिकामा भैरहेका क्रान्ति र परिवर्तनसंग जोडेर हेर्दा लोकतन्त्रले धरै अनुभव बटुलिसकेको छ । हाम्रो देशमा लोकतन्त्र भनेपछी  वेष्ट मिनिस्टर प्रणालीको शासन भन्ने बुझिन्थ्यो । वेस्ट मिनिस्टर प्रणली विना लोकतन्त्र नै हुदैन भन्ने सोच लामो समयसम्म हाबी रह्यो । संविधानसभा विघटन हुनुमा यो चिन्तनले पनि काम गरेको छ । वेस्ट मिनिस्टर मोडल भनेको वेलायतको सिहदरवार मात्र हो । संसदीय व्यवस्थाका अरु मोडलहरु पनि छन, यसवारेमा वहस हुन नसक्नु चिन्तनको दरिद्रता नै हो । हाम्रा यहाका शासक वर्गको स्वार्थ रक्षा गर्न लोकतन्त्रको नाममा यही प्रणाली थोपरियो । जनयुद्वको जगमा भएको २०६२÷६३ को जनआन्दोलनले त्यसको भिन्न मोडेल पेश गरेको छ । साम्यवादीहरुको सर्वहारा लोकतन्त्र वारे त यहा वहससम्म भएको छैन । शासन प्रणालीको कुरा गर्ने हो भने, लोकतन्त्र वर्गिय अवधारणा हो । औपचारिक लोकतन्त्र र सर्वहारा लोकतन्त्र भनि यसवारे रुसी कम्युनिष्टहरुले ९० बर्ष अघि नै धेरै लेखिसकेका छन् । लोकतन्त्रलाई मैले साधन पनि ठान्दछु र साध्य पनि । साम्यवादसम्म पुग्दा मानिसलाई भित्रै देखि लोकतान्त्रिक बनाइने छ । साम्यवादमा मात्र पुर्ण लोकतन्त्र हुन्छ भन्ने भनाईलाई यहा स्मरण गराउन चाहान्छु । अहिले यहागणतन्त्रलाई नै लोकतन्त्रको पयार्यको रुपमा लिएकोे छु । व्यवहारिक रुपमा लोकतन्त्र भन्नाले जनताले जनताको लागि जनताद्धारा चुनिएको शासन (तन्त्र)को रुपमा प्रयोग गरिएको छ  ।
१.४. मेरो यो सानो टिपोट १२ बुदे सहमति गर्ने दलहरुको मुख्यत एकीकृत नेकपा (माओवादी) को अन्तरसघर्षसग सम्वन्धित छ । र यस सग सम्वन्धित भएर   १२ बुदे सहमतिमा हस्ताक्षर कर्ता दलहरुको आचारणमा देखिएका केही विसंगतीहरुमा मात्र सिमित गरिएको छ । समग्र समिक्षा यसले समेटेको छैन ।
२. राजनीतिक दलहरु समाजिक परिर्वतनका साधनमात्र हुन ।
  राजनैतिक दलहरु समाजिक परिर्वतनका संवाहक शक्ति हुन । समाजिक आवश्यकताले नै  राजनैतिक दलहरुको जन्म र विकास हुन्छ । नेपालमा निरंकुश राणा शासनकालमा सामाजिक आवस्यकताले राजनीतिक दलहरु जन्मिएका थिए ।
दलहरुको भुमिकालार्ई क्रान्ति अघि, क्रान्ति काल र क्रान्ति पछि अलग अलग प्रकारको हुन्छ भनेर बुझ्न पर्छ । क्रान्ति अघि जनमत बनाउनु, क्रान्तिकालमा  त्यसको नेतृत्व गर्नु र क्रान्तिपछि उपलब्धीलाई जनतासम्म विस्तार गर्नु राजनैतिक दलको अभिष्ट हो ।
लेलिनले भन्नुभयोः क्रान्तिकारी सिदान्त नभै क्रान्ति हुदैन। माओको जोड छ क्रान्तिकारी सिद्वान्त तथा इतिहासको ज्ञान र व्यवहारिक आन्दोलनको गहिरो ज्ञान नहुन्जेल कुनै राजनैतिक दलले पनि महान् क्रान्तिकारी आन्दोलनलाई विजयतर्फ लैजान संभव छैन ।यसरी हेर्दा राजनैतिक दल भनेको ज्ञान उत्पादन गर्ने साधन हो । ज्ञान भनेको विचार हो । विचार टक्करबाट जन्मछ । टक्कर भनेको नै द्वन्द्व हो । यो द्वन्द्व सामाजिक संघर्षको दिमागमा पर्ने प्रतिविम्व हो । हामीलाई थाहा छ मुख्यतया समाजका भित्री अन्तरविरोधहरुको विकासबाट नै समाज परिवर्तन हुन्छ । अझ यसो भनिन्छ उत्पादन शक्तिहरु र उत्पादनका साधनहरुको विचको अन्तरविरोध, वर्गहरुको अन्तर विरोध, पुराना र नया विचको अन्तरविरोध, यिनै अन्त्तरविरोधहरुको विकासले नै समाजलाई अघि बढाउछ। (माओ) यो अन्त्तरविरोधलाई विचारको रुपममा प्रसोधन गर्ने सयन्त्र राजनैतिक दल हो ।
 समाजमा वर्गहरु छन्, वर्गहरुका आआफ्नो स्वार्थ छन् । पार्टीहरु मूलत तिनै वर्गको स्वार्थलाई प्रतिनिधित्व गर्दछन् । दलहरुको पनि जन्म, विकास र मृत्यु  हुन्छ । जुनुसुकै  वस्तु अन्तरविरोधयुक्त हुन्छ र पार्टी पनि । अन्तरविरोध बस्तुको अस्तित्वको आधार हो । सबै पार्टीमा अन्तरविरोध भए जस्तै कम्युनिष्ट पार्टीमा पनि हुन्छ । अन्त्तरविरोध र त्यससग सम्बन्धित संघर्ष नहुने हो भने त्यो पार्टी जीवित रहदैन । त्यसकारण अन्तरविरोधलाई पार्टीको जीवन शक्ति भनिन्छ । त्यसैले अन्त्तरविरोध अर्थात द्धन्दलाई स्वभाविक रुपले लिन जरुरी छ ।
अन्तरविरोध पनि मैत्रीपूर्ण र शत्रुतापूर्ण हुन्छन । हाम्रो चिन्ताको विषय यो सत्रुतापुर्ण अन्त्तरविरोध हो । शत्रुतापुर्ण अन्तरविरोधले पार्टीहरुलाई फुट को तह सम्म पु¥याउदछ । यो अन्तरविरोध लाई शत्रुतापूर्ण हुन नदिएर त्यसको कुशल व्यवस्थापन गर्न नसकेकाले नै पार्टीहरु फुट विभाजनको शिकार भएका छन् । सामान्यत ठुलापार्टीहरु फुट्दा त्यसले राजनैतिक प्रणालीलाई नकरात्त्मक असर पार्ने मात्र होइन त्यसले देश र जनताको भविष्यलाई नै तल माथि पारिदिन्छ । अहिले कै कुरा गरौ नेपाली जनताले गणतन्त्र स्थापना गर्न सफल भए, साथै धर्मनिरपेक्षता र समानुपातिक सहभागीताका सिदान्तहरु कार्यान्वयन हुन थालेका छन । पुरानो राज्य व्यवस्था ढल्यो । संघियता मार्फत राष्ट्रिय एकीकरण गर्न कोशिश गरिएको छ । सबै कार्य पुरा भएका छैनन् । संस्थागत हुन पाएका छैनन् । संस्थागत गर्ने मूख्य विधी संवैधानिक पद्दति हो । त्यसमा सहमति नहुदै एकीकृत नेकपा (माओवादी) विभाजित भएको छ । यो विभाजनले अहिलेको शासन व्यवस्थालाई निश्चित रुपमा प्रभावित पारेको छ । त्यतिमात्र होइन हाम्रो जस्तो देशलाई अस्थिर बनाएर बाह्य शक्तिको खेलको मैदान बनाउने आकांक्षालाई परोक्ष रुपमा सहयोग पुगेको छ । जनताका शक्तिहरु मनोवैज्ञानिक रुपमा कमजोर भएका छन् । खासखास अवस्थामा नेतृत्व गर्ने राजनैतिक शक्तिको अन्तर संघर्षलाई व्यवस्थित गर्न नसक्दा त्यसले इतिहासलाई नै  बदलिदिन्छ । गएको दुई दशकको पार्टी इतिहास हेर्ने हो भने जनआन्दोलनएक पछि  नेपाली काग्रेस, एमाले पार्टीमा भएको विभाजनले तत्कालीन राजनीतिक शक्ति सन्तुलनलाई मात्र प्रभावित पारेन उपलब्धीहरुलाई संस्थागत गरी सुदृढ गर्ने प्रकृयालाई पनि असर ग¥यो । अहिले एकीकृत नेकपा माओवादीको विभाजनले त्यो भन्दा ठुलो असर पारेको देखिन्छ ।
३. एकिकृत नेकपा (माओवादी किन फुट्यो ?
सवै राजनैतिक दलहरुको विशेषतः कम्युनिष्ट.पार्टीको चालक शक्ति मूलतः दुईवटा हुन्छन् । एउटा विचार र अर्को विधि  ।   विचार भनेको कार्यदिशाा हो, लाइन हो र विधि भनेको पद्वति  विज्ञान हो ।
विचार (कार्यदिशा) भनेको कुनै स्थिर कुरा होइन । एउटा खास कालखण्डको सच्चाई हो । सत्यमा  दुईवटा विशेषता हुन्छन । एउटा  ठोस हुन्छ र दोस्रो सापेक्ष हुन्छ । त्यसैले, आजको विचार सधै सधैको लागि सत्य हुदैन, त्यो बदलि रहन्छ ।
पार्टीहरु एउटा खास ऐतिहासिक र समाजिक सन्दर्भमा जन्मिएका हुन्छन् । यदि परिवर्तित सन्दर्भमा विचारहरुको विकास गर्न सकेनन भने पार्टीहरु पछाडी पर्दै जान्छन् । जसले तथ्यहरुलाई सहि ढंगले लिन्छ, जसले तथ्यहरुलाई अन्तरसम्वन्धमा हेर्न सक्छ र बस्तुगत यथार्थमा भएको परिवर्तनलाई आत्मासात गर्दै अघि बढ्न सक्छ त्यसले प्रगति गर्छ, त्यो अग्रगति को वाहक बन्छ । जो सक्दैन त्यो मृत हुन्छ, पछाडि पर्छ । सामाजिक आवश्यकतालाई अघि बढाउने विचार प्रगतिशील हुन्छ । र त्यसको प्रतिविम्वन  मात्र गर्ने यथास्थितिवादी  र अझ समाजिक यथार्थलाई पछाडि फर्काउने सोच अधोगति हुन पुग्छ ।
 हाम्रंो वरिपरीको परिवेशमात्र होइन विश्व परिस्थिती पनि बदलिहरहेको छ । विज्ञान र प्रविधिमा ठुला ठुला परिवर्तन आएका छन । संचारको क्षेत्रमा ज्यादै ठूलो क्रान्ति भएको छ । पुर्नजागरण काल , औधोगिक क्रान्ति, फ्रान्सेली क्रान्ति, अमेरिकी क्रान्ति, पेरिस कम्युन, चिनिया क्रान्ति सवै  इतिहासका विषय भइसकेका छन । आजको क्रान्तिको बैचारिकराजनैतिक कार्यदिशा आजै बनाउनु पर्छ । हिजोका क्रान्तिहरु सन्दर्भ सामाग्रीमात्र हुन । त्यसको नक्कल गर्नु हुदैन । लेलिनको सफलताको एउटा राज ठोस परिस्थिती को ठोस विश्लेषण  थियो । माक्र्सवादी हुनुको अर्थ माक्र्सको बेलाको विश्लेषणलाई कण्ठ पारेर हिड्नु होइन । उहाको विश्लेषण गर्ने पद्दति लाई अनुशरण गर्नु हो ।
 क्रान्तिको पुनरावृति हुदैन । त्यसको विकाश मात्र हुन्छ । फ्रान्समा जसरी क्रान्ति भयो त्यसरी अमेरिकामा भएन । रुसमा जसरी भयो चिनमा त्यसरी भएन । भियतनाममा जसरी भयो कोरियामा त्यसरी भएन । क्युवामा पहिले क्रान्ति भयो त्यसपछि पार्टी खुल्यो । हरेक देशको क्रान्ति आफ्नै मौलिकता सहित अघि बढिरहेको हुन्छ । नेपाल पनि यसको अपवादमा पर्दैन । हाम्रो देशले आज यति प्रगति गर्नुमा मौलिकता सहित अघि बढेकाले हो । एकीकृत नेकपा माओवादीको नेतृत्व २००७ सालको संघर्ष, झापा संघर्ष, २०३६सालकोे आन्दोलन, २०४६को जनअनन्दोलनएकको सार खिज्दै अघि वढेको थियो । जनयुद्व, जनआन्दोलन, मधेश आन्दोलन र सबै उत्पिडित समुदायका आन्दोलनलाई संयोजन गर्दै अघि बढेकाले नै वर्तमान उपलब्धी संभव भएका हुन । एकीकृत नेकपा (माओवादी) भित्र विचारको विकास गर्ने निर्णायक संघर्ष चलिरहेको घडिमा पार्टी फुट हुनुमा त्यस भित्र रहेको कार्यदिशा सम्वन्धि बुझाई नैै प्रमुख हो । चुनवाङमा तय भएको लोकातान्त्रिक गणतन्त्रलाई हेर्ने विषयमा पार्टी भित्र अन्तर थियो । यो सत्य हो संघीय लोकतान्त्रिक गणतन्त्रको एउटै मोडेल छैन । त्यसमा पर्याप्त बहस हुन सकेन । पार्टी भित्र पहिले देखि नै  अनुकरण र नक्कल गर्ने प्रवृतिहरु थिए । अझ नेपालको कम्युनिष्ट आन्दोलनमा रुसी र चिनी मोडेलहरु नक्कल गर्ने प्रवृतिहरु थिए । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलन देब्रे दाहिने भड्काव हुदै अघि बढ्यो । सर्वधिक लोकप्रिय र जनव्यापी आन्दोलन र झण्डै ६०  प्रतिशत जनमत कम्युनिष्टहरुको पक्षमा हुदाहुदै यसले आफ्नो पहिचान सहितको संविधान दिन नसक्नुका पछाडि यी सबै बैचारिक उतारचढावहरुले काम गरेका छन् ।
 साना ठुला वामपन्थी  गुट उपगुटलाई  एकताबद्ध गर्दै अघि बढेको एकीकृत नेकपा(माओवादी) भित्र चुनवाङको कार्यनीतिक दिशालाई आत्मासात गर्ने सवालमा क. किरणको असहमती थियो । पालुङ्गटारमा उहाले लोकतान्त्रिक गणतन्त्रलाई पार्टीले रणनीतिक बनायो भन्ने आरोप लगाउनु भयो । यो भिन्नतालाई चर्काउन अन्य विषयले आगोमा घीउ थप्ने काम ग¥यो । मन्त्री मण्डलको निर्माण गर्दा सबै प्रवृतिहरुको मिलान हुन नसक्नु, सामुहिक नेतृत्वको अवधारणलाई सही ढंगले आत्मसात गर्न नसक्नु, कामको ठिक ढंगले विन्यास नहुनु, शाक्ति बढी माथि केन्द्रीत हुन र खास व्यक्तिहरुमा रहनुले पनि समस्यालाई बडाई दियो । पार्टी भित्र इतिहासलाई हेर्ने विषय, प्रधान अन्तरविरोधको किटान, परिवर्तनहरुलाई हेर्ने जस्ता धेरै विषयमा मतभेद थिए । वास्तवमा पार्टीमा देखिएका मतभेदहरुबारे एउटा व्यापक बहसको खाचो थियो र त्यसलाई संस्लेषण गर्न महाधिवेशनमा जानु पथ्र्र्योे । आफ्नो लाइन अल्पमतमा पर्छ भन्ने भयले नै फुटको बाटो रोजिएको देखिन्छ ।  वैचारिक द्धन्दलाई समाधान गर्ने यो सवैभन्दा कमजोर तरिका हो ।
 फुटको दोस्रो कारण  अन्तरविरोध लाई नै हेर्ने दृष्टिकोणको समस्या हो । सैदान्तिक   रुपमा विपरीत हरुको एकताको आधार नै अन्तरविरोध हो  भनी स्वीकार गर्ने, अन्तरविरोधलाई आफ्नो अस्तित्वको आधार पनि भन्ने, तर सानातिना कुरामा अन्तरविरोध हुने वितिकै शत्रुतापूर्ण स्वरुप प्रदान गर्ने व्यवहारिक समस्या नै पार्टी फुट्ने कारण बनेको छ । यहा अन्तरसंघर्ष हुने वितिकै त्यो दुईलाईनको भइहाल्छ भने गलत दृष्टिकोणले जरा गाडेको छ । यो गलत सोंच नेपाली कम्युनिष्ट आन्दोलनमा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट आएको हो ।  सवै अन्तरविरोध अनिवार्य रुपमा दुईलाइनको हुदैन । जव बर्गिय रुपमा दृष्टिकोण  विचारधारा, संस्कृति र कार्यपद्दतीहरुमा आधारभुत रुपमा अन्त्तर हुन थाल्छ त्यसपछि मात्र दुई लाइनको संघर्ष बन्दछ । सकेसम्म अन्तर सघर्षलाई दुईलाइन बन्न दिनु हुदैन । बनिहाले पनि  त्यसको पनि बैज्ञानिक समाधान खोज्नु पर्छ । तर समाधान खोज्ने सन्दर्भमा पुजीवादी राजनीतिक शक्तिहरु सापेक्षित रुपमा सफल देखिएका छन तर सर्वहारा क्रान्तिकारी शक्तिहरु सफल भएका छैनन् । यहा सर्वहारा शक्तिको निम्न पुजीवादी वर्ग आधारले काम गरेको छ ।
 पार्टी फुटको तेस्रो कारण अन्तर संघर्षको उचित व्यवस्थापन हुन नसक्नु हो । वास्तवमा अन्तरविरोध हुन्छ भने सच्चाईलाई स्वीकार गरेपछि त्यसलाई सत्य अन्वेषणको विधि  मान्नु पर्ने थियो । तर, त्यस्तो हुन सकेको छैन । किनकी हामी समान्तवादी समाजिक आर्थिक धरातलबाट आएका छौ । हाम्रो संस्कारमा सामन्तवादी संस्कृतिको प्राधान्यता छ । पछिल्लो समयमा विकास भएको  पुजीवादी संस्कृति पनि हददर्जाको व्यक्तिवादी छ । आफुलाई धुरी बनाएर सोच्नुृ, जित र हारको  मानसिकताबाट मुक्त हुन नसक्नु, सत्य बोल्न आट नगर्नु, पार्टी स्वार्थ भन्दा गुटगत स्वार्थलाई केन्द्र विन्दुमा राख्नु यो चिन्तन संस्कृतिका परिणाम हुन । यसले पार्टीलाई एकतावद्ध हुन दिदैन ।
 पार्टी फुट्ने चौथो महत्वपूर्ण कारण पद्धति विज्ञान सम्बन्धी बुझाईमा एकरुपता हुन नसक्नु हो । अरु राजनैतिक पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई फरक गर्ने एउटा विषय संगठनात्मक पद्धति हो । सच्चा कम्युनिष्ट पार्टीहरुको संगठनात्मक सिदान्त जनवादी केन्द्रीयता हो । माक्र्स एगेल्सले यो अवधारणा ल्याएको हो । यसको विकास गर्ने श्रेय  लेलिनलाई जान्छ । लेलिनले जनवाद र केन्द्रीयतालाई समिश्रण (ागकष्यल) गर्नुपर्छ भन्नु भयो । माओ त अझ अगाडी बढेर यसलाई राज्य र समाजमा पनि लागु गर्नुपर्छ भन्नुहुन्छ ।
जनवादी केन्द्रीयताका दुईवटा पक्ष छन् । बैचारिक केन्द्रीयता र संगठनात्मक केन्द्रियता । आन्त्तरिक लोकतन्त्रको व्यापक अभ्यास गरी  त्यसको जगमा विचार, नीति, सोच र योजनाहरु बनाउनु बैचारिक केन्द्रीयता हो । केन्द्रीकृत विचार र योजनाको आधारमा पार्टीलाई तल देखि माथिसम्म एउटै साचोमा ढाल्नु संगठनात्मक केन्द्रीयता हो । संगठनका चार नियमअल्पमत बहुमत अधिनस्त, तल्ला कमिटी माथिल्लो कमिटी मातहत, व्यक्ति संगठनको मातहत र सिंङ्गो संगठन महाधिवेशनको मातहत भएपछि मात्र संगठन एकताबद्ध हुन्छ । लेलिनको सफलताको एउटा तथ्य के थियो भने संगठनको क्षेत्रका चार नियमको अतिरिक्त काम कारवाहीमा एकरुपता र अभिव्यक्तिको स्वतन्त्रतालाई श्रृजनात्मक रुपमा लागु गर्न सक्नु हो । माओले पार्टी भित्र आउने फरक विचारलाई निषेध गर्न नदिन सयौ फुलहरु फुल्न देउको मान्यता लागु गर्नु भयो । एकीकृत नेकपा (माओवादी)को गल्ती कहाभयो भने उसले काम कारवाहीमा अनेकता र अभिव्यक्तिको स्वतन्त्रतालाई प्रश्रय दियो । आफ्नै पार्टीभित्र असहमत हुने वित्तिकै कालोझण्डा देखाउने र विरोध गर्न पाउने कुरालाई पद्धतिमा ढाल्न खोज्यो । यो भयानक ठुलो गल्ति थियो । पार्टी भित्र विचार समुहबनाउन सक्ने सम्मको निणर्य साहसिक थियो । तर त्यसलाई गुटमा परिणत हुन नदिन संस्थागत ढंगले नियम बनाउन सकेन । यसवाट एकीकृत (माओवादी) मात्र होइन फुटेको माओवादी, अरु बामपन्थी र गैर वामपन्थी क्षेत्रका लोकतान्त्रिक शक्तिले पनि पाठ सिक्नु पर्छ ।
 पाचौ कुरो एकीकृत नेकपा(माओवादी) प्रणालीगत ढंगले चल्न सकेन । प्रणाली भनेको विभिन्न अवयवहरुको समष्टीगत पक्ष हो । माओवादी एउटा आन्दोलन थियो यसलाई संस्थागत गरिएको थिएन । छोटो समयमा यो ज्यादै ठूलो पार्टी बन्यो । यस भित्र कुडा कर्कटहरु पनि जम्मा भए । फलतः सर्वहारा पार्टीमा गैर सर्वहारा प्रवृतिले शिर उठाउन थाले । त्यसलाई नियन्त्रण गर्न बैचारिक अभियान संगै सुव्यबस्थित प्रणाली चाहिन्छ । अत्यधिक अराजकता दिएर एकता कायम हुदैन । हाम्रो जस्तो औद्योगीक सर्वहारा मजदुरको संख्या कम भएको र निम्न पूजिपति वर्गको बाहुल्यता (झण्डै ७४ प्रतिशत) भएको देशमा पार्टीमा आएका निम्न पुजीपूति वर्गलाई एकताबद्ध, अनुसाशित र जुझारु बनाउने एकमात्र तरिका नै बैचारिक पुनसंस्कार संगै सर्घषशील संगठनमा आवद्ध गर्नु हो । एकीकृत माओवादीले यस्तो गर्न सकेको छैन, अहिले हुन गइरहेको महाधिवेशनले यस सन्दर्भमा पाठ सिक्दै बाटो देखाउन सक्छ । ा
 छैटौं कारण अत्याधिक शक्ति केन्द्रीत नेतृत्व पनि संगठन भन्दा माथि हुन्छ । अझ युद्धको बेला र शान्तिको  वेला संगठन  सञ्चालनका तरिका फरक हुन्छन । कमिटी प्रणाली  शान्ति कालमा कार्यकारी हुन्छ र हुनैपर्छ । युद्धको विशिष्टताले बढि केन्द्रीकृत पार्टीको माग गर्दछ । शान्ति कालमा व्यापक छलफलको आधारमा निर्णय प्रकृयामा सामेली आवश्यता पर्दछ । यी सबै सहायक कारणहरु पनि फुटका निमित कारण बनेका छन ।
सातौ कारण बाहय शक्तिहरुको चलखेल र हस्तक्षेपले पनि पार्टी फुटका  लागि काम गरेको छ । नेपालका प्रमुख सवै राजनीतिक दलहरुको विभाजनमा वाह्य शक्तिको हात हुने गरेको छ । हाम्रो दक्षिणी छिमेकी शक्तिले नेपालका कुनै पनि राजनैतिक शक्तिलाई जनआधारित र मजबुत हुन दिदैन । उनीहरु नेपालको शासन सत्तामा कमजोर शक्ति रहेको देख्न चाहन्छ ताकि उनीहरुको नेपाली राजनीतिमा आफ्नो वर्चस्व कायम रहन सकोस ।
४. बाह बुदे सहमती गर्ने सहयात्रीविचकोे द्वन्द्व ः
 आज १२ बुदे समझदारी गर्नेहरुविच विश्वासको संकट पैदा भएको छ । यो संकट किन पैदा भयो ? हामी सबैलाई थाहा छ १२ बुदे समझदारी नेपाली राजनीतिको एउटा कोशेढुङ्गा थियो । यसले अठार सय वर्ष देखिको राजतन्त्रलाई अन्त्य गरी समकालीन राजनीतिलाई गणतन्त्रमय बनायो । यसले उत्पीडित समुदायलाई परिवर्तनको मूलधारमा ल्याउन महत्वपूर्ण योगदान ग¥यो । यसको सार के थियो ? नेपाली समाजमा रहेको बर्गिय, जातिय, क्षेत्रीय र लैङिक उत्पीडनलाई अन्त्य गर्ने । एनेकपा (माओवादी)ले आफ्नो नेतृत्वमा बनाएको वैकल्पिक सत्तालाई नया राज्य व्यवस्थाकालागि परित्याग गर्ने, नेपाली काग्रेस र एमाले जस्ता पार्टीले सबैधानिक राजतन्त्रको आवरण रहेको राज्य र आर्थिक समाजिक प्रणालीमा रहेको संभ्रान्त वर्गको बर्चस्वलाई अन्त्य गर्ने । १२ बुदे समदारी ज्ञानेन्द्रको निरंकुश शासनको पृष्टभुमीमा जन्मेको थियो । तत्काल नया जनवादी क्रान्ति गर्न नसकिने र संकटग्रस्त हुदै गएको संवैधानिक राजतन्त्रात्मक प्रणाली बचाउन नसकिने हुदा दुवैकोे विकल्पको रुपमा नया राजनैतिक प्रणलीमा जाने सहमती भएको थियो । यस्का लागि एनेकपा (माओवादी)ले बहुदलीय प्रणाली मान्नु पर्ने शर्त थियो । अहिले द्वन्द्वको प्रमुख कारण एनेकपा (माओवादी)ले आफना सर्त पुरा ग¥यो तर नेका र एमालेले पुरा गरेनन ।  शान्ति र संविधानका लागि माओवादीले आफुसंग भएको सताको विघटन मात्र गरेन सेना र हतियार  सबै बुझाई दियो  तर बदलामा वर्गिय, जातिय, क्षेत्रीय र लैङिक उत्पीडनलाई अन्त्य गर्ने दिशामा अघि बढने  सविधान बनाउन काग्रेस र एमाले तयार भएनन । आफ्नो पार्टी फुट्ने सर्तमा पनि एमाओवादी पार्टीले अग्रगामी संविधानका लागि असमान पुर्ण सेना समायोजन ग¥यो तर नेका र एमाले लगायतका पार्टीहरु पहिचान सहितको संघियतामा जान तयार भएनन । यसले के देखायो भने नेका र एमाले आन्दोलनको आवस्यकता र सहजवोध सहित १२ बुदे सहमतीमा आएका थिएनन । उनीहरुको वाध्यात्मक समर्थन मात्र थियो । बाध्यात्मक र प्रतिक्रृयात्मक समर्थनलाई एनेकपा (माओवादी)ले सहि ढंगले ठम्याउन सकेन । वास्तबमा गणतन्त्र भनेको समुदायलाई मजबुत बनाउने व्यवस्था हो तर यहा६० बर्ष देखि भारतमा अभ्यास गरिएको गणतन्त्र  भन्दा माथि उठ्न सकेको देखिएन नेका र एमाले । नाम गणतन्त्रको काम राजतन्त्रको, नाम संघियताको काम केन्द्रीकरणको । व्यवहारले भन्छ  उनीहरु एक थान संविधानको पक्षमा थिए, अग्रगामी परिवर्तन  सहितको संविधानको पक्षमा थिएनन । राष्ट्रपतिले चालेको नरम खाल्को कुलाई हर्ने सवालमा देखिएको अन्त्तरले त्यस्कै आभाष दिन्छ । अन्तरिम संविधान २०६३ ले राष्ट्रपतिलाई ज्ञानेन्द्रलाई जति पनि कार्यकारी अधिकार दिएको छैन (२०४७ को संविधानसग तुलना गर्दा)। तर राष्ट्रपतिलाई उस्काउने   कार्यमा संलग्न नेका र एमाले को रवैया हेर्दा पुरानो सत्ता प्रतिको मोह यती गहिरो छ कि १२ बुदे समझदारी को एउटा सहयात्रीलाई ध्वस्त गर्न पुराना शक्तिसग पनि गठजोड गर्न तयार छन भन्ने प्रतित हुन्छ । यसले एमाओवादीलाई पनि आफ्नो व्यवहारलाई समिक्षा गर्नु पर्ने विन्दुमा ल्याइदिएको छ । भनिन्छः ए माओवादी ज्यादै उदार भयो । उसले पुजीवादी राजनीतिक शक्तिहरुको धोकाधडी र बेइमानीलाई बुझ्न सकेन ।
हुन तः ए माओवादीको शुरुको चरणको राजनीतिक निणर्य हेर्दा धैरै केटौले र अपरिपक्क निणर्य भएको देखिन्छ । माओवादीले राष्ट्रपतीको निर्वाचन, संविधान सभाको अध्यक्षको चयन जस्ता कुरामा ठिक निणर्य लिएको देखिदैन । संभवत त्यस्तो अपरिपक्क निणर्य नगरेको भए लोकतन्त्र यति चाडै संकटमा पर्दैन थियो ।
 ए.नेकपा (माओवादी) अहिले पनि धेरै कोठे बैठकहरुमा सिमीत भएको देखिन्छ ।  बार्ता र संवादद्धारा समस्या समाधान गर्नु, यसका सकारात्मक पक्ष हुन तर वार्तामा भैरहेका एजेण्डा जनतामा लान नसक्नु उसको कमजोर पक्ष हो । आफु मजबुद भएको वेला सम्झौता गरेन एमाओवादीले, जसले गर्दा ए माओवादीलाई माया गर्ने शक्ति पनि उ प्रति आशंका गरिरहेका छन ।  पार्टी र नेतृत्व प्रति जनतामा ठुलो पिडा र चिन्ता देखिन्छ ।
 समकालिन राजनीतिका मुख्य शक्ति विच यती गहिरो अविस्वास बढ्नुमा दलहरुको आदर्श, मुल्य मान्यतामा ह्रास आउनु पनि हो । राजनीति व्यवसाय हुदै गएको छ, जनताको सेवा गर्ने साधन होइन । राजनीतिका लागि राजनीतिले जनतालाई केन्द्रविन्दुमा राख्दैन । यो त नेताहरुको धन्दा र पेशा जस्तो हुन पुगेको छ ।
प्रमुख पार्टीहरुले भ्रष्ट्रचार विरुद्ध पनि सशक्त संघर्ष चलाउन सकेका छैनन । यसले पुराना शक्तिहरुलाई व्युताउन र नोकरशाहीतन्त्रलाई मजबुत पार्न पनि सहयोग पुगेको छ ।
यी सवै घटनावाट पनि पाठ सिक्नु पर्दछ ।
परिवर्तनको वाहक शक्ति कमजोर भए पछि  कसलाई फाइदा पुग्छ ? हाम्रो कमजोर अवस्थामा रहेको लोकतन्त्र मात्र होइन  राष्ट्रिय स्वाधिनतामाथि नै खतरा आउछ ।

५.  अव के गर्ने ?
५.१.  १२ बुदे समझदारी गर्ने शक्ति फेरी एक ठाउमा आउनु प¥यो र एकता र सहकार्यमा जोड दिनु प¥यो । गएको ४ वर्षका विचमा भए गरेका सहमती प्रति प्रतिपद्धता गर्न प¥यो  र कुरा नमिलेका विषयमा जनताको राय लिने सहमति गर्नुप¥यो । आफ्ना अन्तरहरु प्रष्टसंग जनता माझ राख्नु प¥यो । कसैले पनि आफ्ना एजेण्डा नछाड्ने तर संविभानसभावाटै संविधान बनाउन कटिबद्ध हुनु प¥यो ।
५.२.  सरकार बनाउदा न्युनतम साझा सहमति र साझा कार्यक्रम सहित  सरकारको आचार संहिता बनाउनु प¥यो र त्यलाई अनुगमन गर्ने शक्तिसाली सयन्त्र बनाउनु प¥यो । साथै सरकारको कामलाई सञ्चालन गर्न मात्र होइन जनसमुदायको निगरानीमा. अनुगमन हुने विधी खोज्नु प¥यो ।
५.३. सवैले आफ्नो पार्टीलाई प्रणलीगत ढंगले सञ्चालन गर्नु प¥यो । पार्टी भित्रका द्वन्द्वलाई हल गर्न एकताको दृढ इच्छा शक्तिका साथ काम सुरु गर्ने र आलोचना र सर्घषद्धारा अन्तरविरोध  हल गरिनु पर्छ । पार्टीमा नया आधारमा नयँ एकता कायम गर्न सतत प्रयत्न गर्नु पर्छ ।
५.४.  निरन्तर रुपमा संवादमा रहनु र आवस्यकता अनुसार बैठक, सम्मेलन र महाधिवेशन गरी जनवादको अभ्यास गर्नु पर्छ । पार्टीलाई प्रणलीगत रुपमा एकतावद्ध पार्नु भनेको विचार नमिल्दा पनि सगै हिड्ने विधी बनाउनु र त्यसको अभ्यास गर्नू हो ।
५.५.  आफ्नो  हरेक गतिविधिमा जनतालाई साथमा लिएर  हिडनु जसरी छ । आफुले चालेका कदमले जनतालाई अधिकार सम्पन्न बनाउछ की बनाउदैन गंभीर ढंगले मूल्याकन गरौ ।  जनताबाट आएका सुझाव र आलोचना ग्रहण गरौं । आफुलाई निरन्तर जनताको सेवक बनाउ, जनतालाई आलोचनाको स्वतन्त्रता प्रदान गरौं ।
५.६.  षडयन्त्रद्धारा सत्तामा जाने या विदेशीको समर्थनमा सत्तामा जाने कुरा विरुद्ध नेपालमा संघर्ष चलेको देखिदैन । यसलाई पनि दलहरुले वहसको विषय बनाउनु पर्दछ । नेपालको अस्थिरता र संक्रमणका लागि यो पक्ष मार्मिक छ ।
५.७. पार्टी बैचारिक राजनैतिक साधन हो । यो जनता लाई शाक्तिशाली बनाउने र जनताको सेवा गर्ने  साधन हो । पार्टीले लोकतान्त्रिक संरचना, प्रणलीलाई संस्थागत गर्ने र सुदृढ गर्ने कार्यमा बैचारिक र व्यवहारिक अगुवाई गर्नूपर्छ । लोकतन्त्र भनेको  श्रमजीवी वर्गकोे साशन व्यवस्था हो । यस्तो व्यवस्थामा निर्णय गर्ने र कार्यान्वयन गर्ने  ठाउमा श्रमजीवि जनतालाई सामेल गर्न जोड दिनुपर्छ ।

५.८.  पार्टी साध्य होइन साधन मात्र हो । समाज विकासको एउटा विन्दुमा पुगेर राज्य रहित, वर्ग रहित समाज बनाउने कुरालाई निरन्तर हेक्कामा राखौ । त्यो स्थिति भनेको पार्टी रहित स्थितिपनि हो  भन्ने कुरा अहिले  नै चेतनामा ओरोहित  गरौ ।

गीत: क्रान्ति राख्छौं जारी ।

जीवन हाम्रो सामुहिक, काम सहकारी
यात्रा हाम्रो समाजवादी, क्रान्ति राख्छौं जारी ।

वर्ग विहिन समाज बनाउने इतिहाँसको अभिभारा
पुरा गर्न, संसार बदल्न हिडेका हामी सर्वहारा
हिमाल पहाड तराईसँग खेल्दै लुकामारी
मुक्तियात्राका सारथी हौ, क्रान्ति राख्छौ जारी ।


माक्र्सवाद हाम्रो जीवन दर्शन, मुक्ति हाम्रो लक्ष्य
सामुहिक जीवन शैंलीले बन्छौ लाल र दक्ष
प्रतिक्रान्तिको शिक्षा पाएका, हामी क्रान्तिकारी
समानताको संसार बनाउन क्रान्ति राख्छौं जारी


जीवन हाम्रो सामुहिक, काम सहकारी

यात्रा हाम्रो समाजवादी, क्रान्ति राख्छौं जारी ।

गजल

चुरेको काख तराईको माथ, यो हाम्रो बर्दिवास
स्थायी शान्ति, सामाजिक न्याय, विकासको गर्छ आस ।

पुर्व र पश्चिम, उत्तर र दक्षिण, दौडन्छन यातायात
जनताले पाका, ध्वाँ र धुला, केही छैन अरु खास ।

श्रम र सिपमा विस्वास राख्छन यहाँका नागरिक
काम गरी खान, चलन छ यहाँ, कोही छैनन मलिकदास ।

माइस्थान मन्दिर, सिन्धुली गढी, घुमेर फर्कदा
यही बसौं साथी, एक रात भए नि, सुखको फेर्दे सास ।

शहरको जस्तो कोलाहल छैन सान्त र मनोर
म धर्तिको स्वर्ग, बनाउछौ यसलाइर्, श्रममा छ विस्वास ।


कथा : कमरेड निशाना

जुन जोगी आए पनि कानै चिरेको, को नेता सांसद भए पो हामीलाई के ? को प्रधानमन्त्री भए पो हामीलाई के ?’ निशाना दिदीले आक्रोस पोखिन ।

 टेलिभिजनमा प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रमको प्रत्यक्ष प्रशारण आइरहेको थियो । नेपाली काग्रसका नेता शुसिल कोइराला प्रधानमन्त्री भएकोले टेलिभिजन हेर्न स्थानीय काग्रेस कार्यकर्ताहरु अलि धेरै नै जुटेका थिए ।
 "हेरन आफ्नो पार्टीको मान्छे प्रधानमन्त्री भएको भए दिदीले यसै भन्थिन ? "  विचैमा एउटा युवा प्वाक्क बोल्यो ।
 ‛मलाई जो भए पनि केही छैन । आस गरेकाले त खुल्केपाटो लाए । यी त जातै जम्दार के आस गर्नु ।दिदीले तत्काल जवाफ फर्काइन 

आज दिदीको भावभङ्गी हेर्दा र कुरा सुन्दा उनलाई टेलिभिजन हेर्न मन छैन । तर पनि के गर्नु ? गाउमा सवैका घरमा टेलिभिजन छैनन । भए पनि लोडसेडिङ्गका कारण टेलिभिजन हेर्न पाउदैनन । लाइन कहिले आउछ कहिले जान्छ पत्तै हुदैन । लोडसेडिङ्गको वेलामा पनि यहाँ टेलिभिजन (सोलारवाट) चल्ने भएकोले टेलिभिजन  हेर्नैका लागि भनेर गाउलेहरु दिदीकोमा आउछन । आज पनि त्यस्तै भएको थियो ।

छोटो छोटो तर कालो कपाल, बाटुलो अनुहार, उच्च पराकिलो निधार, थ्याप्चो नाक, ठुलठुला आखा, लामो घाटी, कसिलो शरिर भएकी अग्ली निशाना दिदीको स्वभाव  विद्रोही खालको छ । सधै स्पोर्ट्स ड्रेसमा देखिने उनी कुनै युद्धमोर्चाको सिपाई जस्तै देखिन्छिन । अन्याय र अत्याचारका विरुद्धको कठोर लडाई नै उनको स्थानीय पहिचान हो । तर,दिदी देख्दा जति कठोर छिन त्यती नै मिलनसार, मेहनती, अनुशासित र मृदुभाषी पनि छन । दिदी केही समय अगाडिसम्म कम्युनिष्ट पार्टीको पुर्णकालिन रहेर पार्टी राजनीतिमा सक्रिय थिइन । गाँउदेखि जिल्लासम्म उनको चर्चा थियो । प्रष्ट बक्ता, अदम्य साहस र विद्रोही स्वभावका कारण उनको सफल राजनीतिक जीवन आम स्थानीय महिलाका लागि नमुना योग्य थियो । तर आज उनी आफुलाई स्वतन्त्र वामपन्थि भन्न रुचाउछिन । नागरिक समाजको तर्फवाट सामाजिक परिचालन र राजनतिक परिवर्तनका लागि भुमिका खेल्छु भनिरहेकी छन् । 
निशाना  कक्षा ६ मा पढ्दै गर्दा ०४६मा देशमा प्रजातन्त्र आयो । गाँउ गाँउमा बहुदलीय व्यवस्थाका पक्षमा र पञ्चायतका विरुद्ध नारा जुलुस भए । गाउमा काँग्रेस र कम्युनिष्ट नामका पार्टीहरु खुले । प्रधानपञ्च बा काग्रेस भए । त्यस पछी प्रधानपञ्चको विरोध गर्दै आएका निशानाका बुवा कम्युनिष्ट बने । स्कुल पढ्दै गर्दा विद्यालयमा नेविसंघ र अनेरास्ववियु भन्ने विद्याथी संगठन जन्मिए । निशानाले अनेरास्ववियु कम्युनिष्ट नजिकको संगठन भन्ने थाहा पाएर उनी अनेरास्ववियुमा संगठित भइन । स्कुलमा संगठनको काम गर्दै ०५० मा निशानाले कअि को परिक्षा दिएकी थिइन । 
परिक्षा दिए लगत्तै जिल्ला स्तरका कम्युनिष्ट नेता कमरेड जीवन्त उनलाई भेट्न आए । जीवन्तले करिब १ घण्टा निशानालाई पार्टी, सामाज, व्यवस्सथा र राजनीतिक पेशाकोवारेमा लामो प्रशिक्षण दिए । । त्यसवेला जीवन्तले भनेका थिएः निशाना जी मानव भएर जन्म लिए पछि देश र जनताका लागि केही गर्नु पर्छ । जन्मे पछि  जीविका चलाउन र मर्न त सवै प्राणी सक्दछन । तर हामी सचेतन प्राणी हौ । हामी सँग उत्कृष्ट चेतना र श्रम गर्न सक्ने क्षमता छ । यसको प्रयोगवाट हामी समाजमा केही योगदान गर्न सक्छौ । यो हाम्रो लागि अवसर पनि हो ’  निम्न मध्ययम वर्गिय परिवारमा हुर्किएकीे निशानालाई यस कुराले प्रभावित ग¥यो । निशानाले अठोट गरिन म राजनीतिमार्फत समाजका लागि योगदान गर्छु । यस पछि जीवन्तले पार्टी फर्म भराए । फर्ममा टेक नेम राख्नु पर्ने थियो । सवै कम्युनिष्ट पार्टीका सदस्यहरुको टेक नेम हुन्छ भन्ने उनले त्यसै दिन थाहा पाइन । आफ्नो नाम के दिने ? भन्ने विषयमा सोच्दै गर्दा जीवन्तले नै उनको नाम राखिदिए क. निशाना। त्यस उनी पार्टी विचमा र अन्य गाउमा कमरेड निशानाका नामले चिनिन थालिन । 

निशाना कम्युनिष्ट पार्टीको सदस्य भएर काम गर्न थाले पछि आफ्नो औपचारिक अध्ययनलाई अगाडि बढाउन सकिनन । बढाउन आवस्यक पनि ठानिनन् । कसैले उनलाई पढ्न हौसला पनि दिएन । चाहेको भए नि सजिलो थिएन पहाडि गाउहरु डुल्दै अध्ययन गर्न । उनले सोचिन किन पढ्ने । पढेर के हुन्छ ? मैले सामाजिक न्याय, विकास र परिवर्तनका लागि योगदान दिन यो नै काफी छ । त्यसैले उनलाई पढ्न सल्लाह दिनेहरुलाई उनी भन्थिनः अहिले पढेका र नपढेका विचको अन्त्तर नै के छ र ? पढेका भाउजु र नपढेका आमाहरुले चलाउने घरको व्यवस्थापनमा भिन्नता छैन । पढेका दाजु र नपढेका बुवाले गर्ने खेतीमा फरक छैन । सर्टिफिकेटका लागि पढ्न वेकार छ । मलाई लोकसेवा दिनु छैन । मेरो यात्राको लागि यो नै काफि छ ।
सरकारको कामको निरपेक्ष विरोध गर्नु, भण्डा बोक्नु सडकमा जुलुस गर्नु, सडकमा टायर बाल्नु, प्रहरीको नियन्त्रणमा पर्नु र छुट्नु, सरकार विरुद्ध जनतामा विकास भएको विद्रोहभाव समातेर संगठन विस्तार गर्नु उनको काम थियो । पार्टी बनाउने जिम्मा नेतालाई थियो । उनका लागि नेताहरु आर्दर्श थिए । नेताका कुरा अकाट्य लाग्थे उनलाई । उनी भन्थिनः नेता हाम्रा भगवान हुन । उनीहरुले हामीलाई मुक्ति दिनेछन् । त्यसका लागि हामीले राज्यसत्ता कव्जा गर्नपर्छ । साम्यवाद ल्याउनु पर्छ । साम्यवाद आएपछि हामी मुक्त हुन्छौ । यसका लागि हामीले दुख गर्नु पर्छ । त्याग गर्नु पर्छ । वलिदान गर्नुपर्छ । त्यसै भाव र स्प्रिटमा निशाना आफ्नो जिम्मेवारी पुरा गर्न उनी दिनरात खटिन्थिन । नियमित श्रम गर्ने बाँनी, बोलीमा माधुर्यता, व्यवहारमा सन्तुलनता, इमान्दारीता र वर्ग पक्षधरताले उनलाई स्थानीय राजनीतिको शिखरमा पु¥यायो र उनी साच्चै जनताको ढुकढुकी बन्न सफल थिइन निशाना दिदी ।
निशाना दिदीले आफ्नो राजनीतिक यात्रामा आफुजस्ता धेरै साथी भेटिन् । तर ति थोरै मात्र टिकेका थिए उनीसँग आन्दोलनमा । कोही पार्टीको पुर्णकालिन कार्यकर्ताको व्यवस्थापन भएन भन्दै जान्थे । कोही बच्चाको लालन पालन र पठनपाठनको समस्या हल गर्न भन्थे । कोही विचार सिदान्त र व्यवहार नमिलेको भन्थे । कोहि कार्यदिशा नै अस्पष्ट भएको आरोप लगाउथे । यसरी पार्टी छाड्नेहरुलाई पछि पाटीर्लले कारवाही  गरेको घोषण गथ्यो । एक पटक पार्टीमा पार्टी छाड्नेहरुको लर्को लामै भयो । यसले पार्टी संगठनमा ठुलो पहिरो गयो । क्षतिको आंकलन भयो । नेताहरुलाई पार्टीको अस्तित्व जोगाउन नै गा¥हो भयो । पार्टीले जनवादी पुजीवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवाद निर्माणको तयारीको रणनीतिमा अगाडी बढ्न निसर्त क्रान्तिकारी धु्रविकरण भन्दैअन्य पार्टीसंग पार्टी एकताको लागि पहल अगाडि बढायो । यस कुराले निशाना दिदी उत्साहित भइन । यसले सामाजको सामाजिक आर्थिक विकासका लागि आफुले थप योगदान गर्नसक्ने भन्दै उनले पनि पार्टी एकतामा जोड  पनि दिइन ।  
पार्टी एकता भयो । एकता पछि पार्टी पनि ठुलो भयो । पार्टीमा पुर्णकालिनहरुको संख्या पनि बढ्यो । पार्टीको शक्ति बढ्यो ।  पार्टीको शक्तिले स्थानीय सत्तालाई प्रभावित ग¥यो । स्थानीय निकायको बजेट देखि ठेक्का पट्टाहरुमा पार्टी नेतृत्वको ध्यान जान थाल्यो । हिजो भ्रष्टचार र कमिसनतन्त्रको विरोध गर्ने नेतृत्वका कमरेडहरु आज पार्टी र क्रान्तिका लागि जायज भन्दै कमिसन लिएर ठेक्का पार्न, पक्षधरता विर्सिएर मुद्दा मिलान गर्न, तस्करी र कालो बजारीयाहरुको संरक्षण गर्न थाले । तडकभडकपूर्ण जिन्दगीको विरोध गर्ने साथीहरु क्रान्तिकारी उपयोगको कुरा गर्न थाले । हिजोसम्म चुरा, पोते र गहनालाई बन्धन ठान्ने कमरेडहरु झरिझट्ट गहनामा सजिएर दैनिक व्युटी पार्लर धाउन थालेका थिए । विगतका बैठक र भेलाहरुमा सादा जीवन र उच्च विचारका धारणाहरुबाट हामीलाई प्रभावित गर्ने साथीहरु आज भोलि बद्लिदै गइरहेका थिए । यसले निशानामा संकाहरु उब्जिएका थिए । उनलाई  यात्रुले बाटो विराएको जस्तो लागेको थियो । यसवेला निशानाले भनेकी थिइनः साथीहरु हाम्रो रुपान्तरण उल्टो दिशामा भैरहेको छ । हामीले होस गुमाएका छौ । हामीले होश गुमाउदा पश्चगामी शक्तिलाई नै फाइदा पुग्छ । हामीले सोच्न र सच्चिन ढिलो भैसकेको छ ।
तर पार्टी नेतृत्वले उनको कुरा सुनेन । साथीहरु कुन वेला लेनिनले के गरे ? स्टालिनले के गरे ? माओले के गरे ? जस्ता उदारण र उद्धरणहरु सुनाएर आफ्नो व्यवहार ठिक भएको पुष्टि गर्न खोज्थे । यो कुरा निशानालाई मन नपरे पनि उनी सँग त्यसको सन्दर्भ  र भावको व्याख्या सहित प्रतिवाद गर्ने सामथ्र्य थिएन । उनी सँग न त राजनीतिक इतिहासको बृहत ज्ञान थियो नत दर्शन कै । कहिले काहीं हुने पार्टी प्रशिषण नै दिदीका उर्जाका स्रोत थिए । उदारण र उद्धरणहरुलाई उल्टो पाल्टो पारेर सन्दर्भ विहिन अवस्थामा पेश गर्थे साथीहरु । यसले कति कति वेला त हाम्रो स्कुलिङ्ग नै वेठिक छ कि के हो ? जस्तो लाग्दथ्यो निशानालाई । यसवेला उनले गहिरो अध्ययनको आवस्यकता महसुस गरिन । तर, परिस्थिती त्यो अनुकुल थिएन । पार्टीमा वैठक र वैचारिक छलफलको अभ्यास घट्दै गएको थियो । इन्र्जाजका विस्वास पात्रहरुका कोठे वैठकले पार्टी चलाउन थालिएको थियो । 
................................................................................................................
 लामो समय पछि पार्टीको  वैठक हुन लागिरहेकको थियो । धेरै समयको अन्त्तराल पछि हुन लागेको वैठक भएकोले होला वैठकमा सवै जसो साथीहरुको उपस्थिती रहेको थियो । वैठक प्रारम्भ भयो । प्रारम्भका इन्चार्ज कमरेडले सम्वोधन मात्र के गरेका थिए भुइवाट एक सदस्य कराए खानेपानीको ठेक्कावाट आएको पैसा खै ? त्यसको हिसाव चाहियो । नत्र बैठक चल्न दिइदैन ।भुइवाट धेरै जसोले तालि बजाए । 
त्यत्तिकैमा अनन्त उठेर वोल्न थाले : साथीहरु हामीले पार्टी चलाउन भनेर हरेक वर्ष हरेक गाविसवाट ५०÷५० हजार रुपँया उठाएर यहाँ पठाएका छौ । तर कार्यलयको टेलिफोन लाइन काटिएको छ । साथीहरुको कोठाको भाडा तिरिएको छ । तर कार्यलयको भाडा तिरिएको छैन । साथीहरुको कोठामा सोफा सजिएका छन तर पार्टी कार्यलयमा बस्ने कुर्षि छैन । के हामीले गाँउ गाँउवाट उठाएर पठाएको जनताको पैसा नेताको निर्वाहको लागि हो ?’ हल स्तव्ध भयो । इन्चार्ज कमरेड बक्क उभिरहनु भयो । साथीहरुले पार्टीले योजना पारिदिए बापतको कमिसन पनि बुझाएको र हिसाव पारदर्शी नभएको भन्दै विवाद थप चर्को भयो ।  
त्यत्तिकैमा इन्चार्ज कमरेडले  बोलेः  वैठक १ घण्टाका लागि स्थगित गरिन्छ ।
इन्चार्ज कमरेड अहिले निक्के मलिन देखिन्छन । अस्ति निशानाले तपाईले चढेको गाडी कसरी आयो । एउटा पुर्णकालिन पार्टी कार्यकर्ताले कसरी गाडि किन्न सक्छ भन्ने प्रश्नमा साथीहरुको सहयोग भनेर सरक्क चिप्लिएका इन्चार्ज कमरेडलाई आज अलि गा¥हो भैरहेको छ । उनी मञ्चवाट उठेर तल आए  र खुसुक्क भनेः निशाना जी, केही सल्लाह गर्न पर्ने भयो, हामी छुट्टै बसेर छलफल गरौन ।
इन्चार्जको कुराले निशानालाई थप रिस उठ्यो । शरिर काप्न थाल्यो । उनलाई इन्चार्ज लाई एक झापड हान्न मन लागेको थियो तर त्यसो गरिनन । संयम हुदै भनिनः पार्टी भित्र पनि गोप्य हुन्छ ? हामीले साथीहरुलाई के लुकाउनु छ र छुट्टै छलफल गर्नुपर्ने ? सवै यही गर्दा भैहाल्छ नि ।
दिदीको कुराले इन्चार्जको मन थप विग्रियो । न्याउरो अनुहार लिएर इच्चार्ज कमरेड फुत्त बाहिर निस्किए । 
भाग्ला है भाग्ला : हलवाट साथीहरु कराउन थाले ।
अँ , बैठक बस्न नै दिएनन् । यस्तोमा कसरी काम गर्ने ? तपाई नै आउनु प¥यो । हजुर हजुर : इन्चार्ज फोनमा वोल्दैथिए । 
यस भन्दा अगाडि के भने दिदीले सुन्न पाइनन् । उताको आवाज वाहिर प्रस्ट आएको थिएन । 
हजुर, हजुर । हस, हस भन्दै इन्चार्जले फोन राखे ।
इन्चार्जको अनुहारमा तत्काल चमक भरियो । उनी फुर्तिका साथ वैठक कक्षमा प्रवेश गरे र भनेः साथीहरु यस्तो बातावरणमा म वैठक चलाउन सक्दिन । अव वैठक माथिल्लो कमिटीको उपस्थितीमा हुन्छ ।वैठक कहिले र कहाँ हुने वारेमा केही भनिएन ।
यत्तिकैमा निशानाको मोवाइलमा घण्टि बज्यो । निशाना दिदीले फोन उठाइन : हेल्लो
उतावाट सिधै आवाज आयोः निशाना जी, के हो तरिका ? वैठकमा इन्चार्जलाई सहयोग नगर्ने ? तपाई नेतृत्वको कुरा नमान्ने ? जनवादी केन्द्रियता नस्वीकार्ने हो भने पार्टी छाडिदिए हुन्छ ।.................निशानाले विचैमा फोन काटि दिई । उसलाई धेरै सुन्नु पनि थिएन । फोन माथिल्लो कमिटीका साथीको थियो ।
यो कुराले निशानामा कम्पन उत्पन भयो । उनी विचवाटै उठेर वोल्न थालिनः साथीहरु पार्टी चलाउन भ्रष्टचार, तस्करी, दलाली र ठेक्कापट्टा नै गर्ने र २ जनाको कोठे सहमतीवाटै पार्टी चलाउने हो भने सवै कमिटी भंग गरौं । जग्गा दलाली गरौ । ठेकदारको लाइसेन्स लिउ । म्यानपावर अफिस खोलौ । र वैधानिक व्यवसाय गरौ । होइन पार्टी नै चलाउने हो भने हामी सच्चिनु पर्छ ।भन्दै  निशानाले लामो भाषण दिइन । इन्चार्जको विरुद्धमा पनि वोलिन निशाना ।
त्यसको २ दिन पछि माथिल्लो कमिटीको नाममा सर्कुलर जारी भयो । सर्कुलरमा भनिएको थियो दण्डहिनताको अन्त्य गरी एउटा उच्च अनुशासित र क्रान्तिकारी पार्टी निर्माणमा योगदान पु¥याउने उद्देश्यले निशाना, अनन्त .......... लाई ६ महिना सम्मका लागि पार्टीको साधारण सदस्यता समेतवाट निलम्बित गरिएको छ ।

यस घटना पछि निशाना पार्टी सम्पर्कमा गइनन । यस विचमा उनले सरोजराज अधिकारीद्धारा लिखित पुस्तक जासुसीको जालो, चक्रब्युहमा चन्द्र सुर्य, र सुधिर शर्माद्धारा लिखित पुस्तक प्रयोगशाला पढिन । यसले उनी नेपालका आफुलाई कम्युनिट भन्ने पार्टीहरुप्रति नै  दया जागेर आयो । अन्ततः निशाना दिदीले साथीहरुलाई निष्कर्ष सुनाइनः मेरो २० वर्षे राजननितीक यात्रामा मलाई कुनै गुनासो छैन । तर अव पार्टीमा फर्किए भने जिन्दगी भर गुनासो रहने छ । विदेशीको इसारामा चल्ने पार्टीको सदस्य बन्नु भनेको मेरो आत्मासम्मानमा मात्र हैन नेपाल आमा प्रति नै ठुलो घात हुनेछ । किन कि पार्टीमा ह्वीप लाग्छ । ह्वीप भनेर दलाल नोकरशाहहरुको आदेश मान्न र राष्ट्रिय स्वाधिनताको आन्दोलन नउठाउन म सक्दिन । त्यसैले अव म स्वतन्त्र जीवन जीउछु । राष्ट, राष्ट्रियता, समाजको विकास र परिर्तनका लागि समर्पित हुन्छु । अव मेरो एउटै लक्ष्य हुनेछ राष्ट्रिय स्वाधिनताको रक्षा र सामाजिक परिवर्तनका लागि  नागरिक आन्दोलन ।