विचार

 

गोरख पाण्डे (भारत)


सुखी के हो ? यक्षले युधिष्टिरसँग सोधेको चारोटा प्रश्नमा यो पनि एउटा थियो । युधिष्टिरले सवैभन्दा राम्रो उत्तरपनि यसैको दिएका थिए भन्ने मलाई लाग्दछ । उनले भनेका थिए — जसले दिनको अन्तिम भागमा जसले घरमा साग पकाउँछ , जो आसामी(ऋणी) छैन र प्रवासी होईन त्यहि व्यक्ति खुसी हो । अर्थात जो स्वतन्त्र हुन्छ त्यही सुखी हो ।
जे होस यतिवेर म जव सुखको विषयमा सोचिरहँदा भने दुःखि भईरहेको छु । खुसी छु त्यसैले दुःखि भईरहेको छु । त्यस्तो होईन । जुन मानिसहरु सुखी ह’न्छन् उनीहरु दुःखी हुन सक्दछन् । तर खुखलाई दुःखको कारण तिनिहरुनै भनन सक्छन् ,जो आफै खुख लुटिरहेका हुन्छन्  र जसवाट लुटिरहेका हुन्छन् तिनिहिरुलाई धोका दिनका निम्ती आफु दुःखि भएको स्वाङ पारिरहेका हुन्छन् ।
म दुःखी भईरहेको छु यसको कारण के हो भने प्राय ःमेरो लागि सुख एउटा कल्पना भन्दा वढी केही भएको छैन । जीवनमा सुखका केही क्षणहरु अवश्य नै आएका छन् तर ती चम्किलो पंखेटा भएका पुतलीहरु झै उडेर गएका छन् । हो वढी कृपालु भएको छ । त्यो त्यस्तो कालो र गहे ढुंगे पहाड सरह छ जुन आएपछि फेरी टसकोमस हुँदैन । शरीरको रेसा रेसावाट रगत वग्न थाल्दछ । मन चितकारले भरिएर आउँछ ,पनि त्यानद्रोको आड  पनि गहै हुन्छ  र अव जहाज  डुब्दैछ जस्तो लाग्दछ । कहिले जीविकाको खोजीमा भौंतारिन थालदछौ त भौंतारि नै रहन्छौ ।  खोजी पुरा हुदैन । यसै वीच भोक लाग्दछ र अपमानको झरझ’ाउदो गगुल्टोले झोसिन्छ । यस्तो भैइरहेको वेला के थाहा हुन्छ भने हाम्रो जीवनको भलाईको नीम्ति जुन मानिसहरु संघर्ष गरीरहेका हुन्छन् र जसलाई हामी भरोसा ठान्दछौ , उनीहरु स्यम आपसमा बाझ्न थालेका छन् । –यद्यपी यो लँडाई पनि उदेश्य हिन ह’दैन । त्यति हुँदाहुदँैपनि एकताका शक्तिहरु प्नि काम गरिरहेका छन् । फेरी पनि छ्यान्नब्यान्न छ र यो दुःखद हो ।) यसरी उक पछि अर्को कालो र गहुगो पहाड सरह दmुख आउँछ र छातिमाथि बसेपछि बसेको बसै गर्दछ । केही समय अघि एउटा अंग्रेजी फिलम हेर्न पाईएको थियो त्यसको ,एउटा दष्यमा जमीन देखी आकास सम्म गाढा अंध्यारो फैलिएको थियो र क्षितिजमा झलमलाउँदो एउटा सुनौलो शहर केही क्षण देखिएता पनि अलप ह’न्छ । जती जती दुःखले विस्तार पाउँछ र गहिरो हुदँै जान्छ ,त्यति त्यति स’खको झमलाउदो प्रयत्न पनि वढ्दै नै जान्छ । सुखका वारेमा अहिले सोच्न’को कारण पनि सायद यहि दुःख नै हो ।
तर म के जान्दछु भने नत दुख एक्लैको छ न सुखको कलपना नै म एक्लो हो । सताब्दियौं देखी मानव जाती दुखको समुद्रमा डुवुलकी मार्दै आएको छ सताब्दीऔं खेदी दुःख दिने प्राकृतिक र सामाजिक शत्तिहरुका विरुद्ध लड्दै आईरहेकोे छ । तर सुदलाई उसले जीवनको बास्तविकता बनाउन पाएको छैन । सुख सपना हो , यो उसको प्रचलित टुक्का हो र उसले कल्पनामा एउटा त्यस्तो संसार पनि वनाएर राखेको छ जसलाई हामी स्वर्ग भन्दछौ ।
शोषकहरु जे आम जनताद्वारा उब्जाएको सारा सुख संंपदालाई उनीहरुकै विरुद्ध तिनलाई सवै ढंगले पराधिन वनाउनका लागि प्रयोग गर्दछन् । तिनले यो स्वर्गको कल्पनालाई पनि आम जनताको विरुद्ध उपयोग गरेका छन् । प्रष्ट छ, स्वर्गको कल्पनाको भौतिकताकोा आधारमा त्यही सम्पदा नै थियो, जसलाई शोषक वर्गले शक्तिको भरमा जनताकाट खोसेर लिएको थियो, यस्तो अवस्थामा आम जनताको सुखको कल्पना त्यतिखेर मात्रै साकार हुन  पाउँथ्यो , जतिखेर संगठित भएर उसले शाषक वर्गवाट आफ्नो  सम्पूर्ण सम्पदा, आफनो सारा सुख खोसेर फिर्ता  लिन्थ्यो । तर शोषकहरु किन यस्तो न हुन दिन्थ्ये ? उनीहरुले यो संसारका कुनै सुख हुदैँन भनेर सिकाए । पछि कतै सुख छ भने त्यो स्वर्गमा छ, जहाँ मरेपछिमात्र जान सकिन्छ । जीवनभरि दासताको जुवामा काममालागि पर, दुःख कष्ट वेहोर, धर्म र व्यावस्था पालना गर,अनि मर जसले गर्दा स्वर्गमा सुख पाउन सक्छौ ।यो उपदेश तिनिहरु दिईरहेबा छन् जो भोग विलासको वनमा विहार गरिहेका छन् । जो शासन कायम राख्नका लागि निहत्था मानिशहरु,महिलाहरु,र साना नानीहरु सम्मलाई आत्महत्या गर्नु धर्म भनिरहेका छन् । र जसले स्वर्ग जानका निम्ति आफूले चाहि कुनै कष्ट गरेनन् जसले गर्दा धरतीको भार हलुङ्गो होओस् ।
शाषक वर्गका चिन्तनहरु दुःखलाई मानव जीवनको अनिवार्य अंगको रुपमा प्रस्तुत गर्दछन् । तिनका अनुसार प्रकृतिको सम्पर्कमा आउनु वा शरिर धारण गर्नु आफैमा दुख र बन्धनवाट घेरिनु हो । उनहिरु कहिलेकाँही दुखलाई पनि सुख जस्तो भन्दछन् ।  जस्तो उनीहरु मध्ये छन् दुखले सवैलाई भाड्दछन् र जसलाई भाड्दँछन् तिनलाई अरुले स्वाधनि राख्नका लागि तयार पार्दछ । उनीहरु के विर्सन्छन् भने दुःखले स्वाधीनतालाई पुछेर सफ ागर्न सक्दछ । र कसैको स्वाधीनता अरुको दुखमा निर्भर हुन्छ भने यसवाट त के उ आफ्नो स्वाधिनताका निम्ति अरुहरुलाई पराधीन  र खुखी वनाउन चाहन्छ भन्ने निश्र्कष निष्कदै र ? स्वधीनता र सुखमा त्यही सम्वन्ध हुन्छ । जुन पराधिनता र दुखमा हुन्छ ।बाबा तुलसीदासका  शव्दमा “पराधीन सपनेहु सुख नाही ।”के ज्ञान छ भने जो मानिशहरु दुःखलाई प्राकृतिक नियमका रुपमा वा सुखका रुपमा प्रस्तुत गर्दछन् उनीहरु जीवनलाई स्वधीन र सुखमय वनाउनका लागि चलिरहेको संघर्षलाई कमजोर बनाउन चाहन्छन् र सुख सम्पदा माथि एकाधिकार बनाईराख्न चाहन्छन् । आफ्नो समयका महान् क्रान्ति दर्शी बुद्धदे पनि सम्पुर्ण संसारलाई दुखमय भनेका थिए । तर बुद्धको यो बिचार एकातिर समाज चारैतिर फैलिएको यातना र दमनका परिष्थतिलाई देखेर भनेको थियो । परिष्थितीहरु यसको बास्तविक रुपवाट अतिक्रमण त्यतिखेर गर्न सकिन्नथ्यो भने अर्कोतिर शाषक वर्गका प्रचलित आत्मवादी विचारधाराका विरोधवाट पनि वनेको थियो जसको एउटा प्रमुख तत्व सुख थियो र उसको हललाई बुद्ध राम्ररी जान्दथे । वुद्धले समताको आधारमा संघको आन्दोलन चलाए जुन यहि जीवनमा सुख आर्जित गर्ने प्रयास थियो ।  यस अतिरित्त जव उनी सुख दुखको वारेमा सोच्दथे उनलाई के लाग्दथ्यो भने इच्छा (तण्हा,तृष्ण) नै दुःखको स्रोत हो इच्छा विनाको जीवन हुन सक्दैन र ईच्छा भयो भने दुख पनि हुनेछ यही कारण दुखको अन्त्य हुनुलाई जीवनको अन्त्यमा फेला पर्दथ्यो जसलाई निवार्ण अर्थात् बत्तीको जवाला निभ्नु भन्दथे ।
अब थोरै इच्छा बारेमा ध्यान दिनुहोस । हाम्रो शरिरले गतिशिल रहने क्रमममा लगातार उर्जा(तागत) खर्च गर्दछ । गतिलाई कायम राख्नका लागि शरीरलाई उर्जाको खाँचो पर्दछ । यो साँचो भोक हो भोकले मानसिक रुप खाने इच्छा हो । यस इच्छालाई पुरा गर्नु सुख हो र नगर्नु चाँहि दुख हो । यसका निम्ति मनुश्यले औजारहरु बनायो उत्पादन कर्म ग¥यो र सामान्य बशुवाट स्वतन्त्र मनुश्य बन्न पुग्यो । के इच्छा दुखको हो ? होईन इच्छाले स्वतन्त्रता हासिल गर्नमा प्रेरक शक्तिको काम गर्दछ । यो संकल्प शक्ति हुन्छ । हाम्रा देशका थुप्रै विचारकहरुले के मान्दै आएका छन् भने ईच्छाले कर्म गर्न प्रेरणा दिन्छ र कर्म बन्धन वन्न पुगदछ । उनीहरु यस्तो किन भन्दछन् ?जुन इच्छाले उतपादन कर्मलाई प्रेरित ग¥यो त्यही बन्धन र दुःखको कारण कसरी ठान्न थालियो ?त्यही नै नरक र स्वर्गमा गरीवी र सम्पनता मा,दास र मालिक वर्गमा बाँडिएको समाजमा दृष्टी केन्द्रीत गर्नु आवश्यक छ । जुन मानिसहरु आफ्नो श्रमवाट प्रकृतिलाई बदल्दछन् उत्पादनको कार्य गरेर अनिर्वाताकोे अन्र्तरवाट स्वतन्त्रताको मिठो फल पलाउँछन् ,तिनै मानिसहरु सामाजिक विकासको एउटा अवधिमा दास वनाईनछन्  र दासहरुको मेहनतवाट उत्पन्न सुख सम्पदा र स्वतन्त्रताका मालिक तिनीहरु ब्नदछन् । जुन मानिस श्रम रयुद्ध गर्दछन् ।शारीरिक श्रमदारा प्रकृतिसँग सिधा सम्पर्क वनाउने जनता पराधीन हुनसाथ शरीर समेत सम्पुर्ण (भौतिक )श्रमलाई वहन गर्ने(वास्तविक )जगतमात्र पराधीनता र दmुखको जगत् वन्न पुगदछ । अकर्मण्यता र इच्छाहीनता,स्वतन्त्रता र आन्दोलन पर्याय वन्दछन् । शासक वर्गवाट आएका विचारकहरु ऋाफ्नो वर्गको सक्ता स्थापना गर्न थाल्दछन् । र जसरी उनीहरुको सत्ता श्रमिक जनताको सत्ताको निशेधमाथि आधारित ह’न्छ ।उल्टो सामाजिक सम्बन्धहरुको अनुरुप एउटा उलटो दर्शन पनि जन्मन्छ । यो भाववादी दर्शन हो । यसले हजारौं वर्षदेखी भौतिक जगतलाई र हाम्रो शरिरलाई हाम्रा ईच्छाहरुलाई र हाम्रो कर्ममयय भ्रम तथा अधम घोषित गरिदिएको छ र यति प्रष्ट रुपवाट गलत हुँदाहुदै पनि परजीवि शासक वर्गको कारण शाषक विचारधारका रुपमा रहिरहेको छ ।
हामी प्राय ःरचनात्मक सुख र रचनात्मक स्वतन्त्रताको कुरा स’नदछौ । आफँैमा यो गलत छैन । तर यो रचनात्मकता प्रायःमानसिक श्रमको रुपहरु र खासगरी कला रचनाका सिपहरुमा सिमित हुन्छ । जुन मानिशहरु आफ्नो श्रमवाट रचना गर्दछन् जो अन्नवाली,पुल र वगैँचाहरु ीनर्माण गर्दछन् ती मानिसहरुलाई न कुनै सुख हाँसिह हुन्छ न स्वतन्त्रता नै ,तर ती अन्नवालीहरु,पुलहरु र वगैचाहरुको चित्र लेखेर वा कविता लेखेर हामी रचनाको सुख भोग्दछौ । ज’न मानिसहरु बाली,भवन र वगैँचा वनाउँदछन् उनीहरुनै हाम्रो जीवनका वास्तविक रचनाकार हुन् । एक त उनीहरु उतपादन कर्म आफ्नो इच्छाअनुसार होइन हरुको अथात् सम्पत्तिका मालिकहरुको इच्छा अनुसार उत्पादन गर्दछन् । र अर्को उनीहरु आफ्नो कार्यवाट आफ्ना निम्ति निरन्तर दासता र अभावको रचना गर्दछन् । उनीहरु  आफ्नै कर्ममा नै आफ्ना निम्ति अलगाव –उत्पन्न गर्दै जान्छन् र आफ्ना कर्मका फलहरु अर्थात्मालिकहरको सम्पत्तिको बनधनमा बाँधीरहन्छन् । जसरी कलाकार आफ्नो रचना माध्यम र आफ्नो बिषयवस्तुमा बढी भन्दा बढी नियन्त्रणमा राखेर सुख र स्वतन्त्रता अनुभुति गर्दछ,त्यस्तै जीवनका यी बास्तविक रचानाकारहरु पनि सुखी र स्वधीन हुनुपर्ने, जो आफ्नो कर्म द्वारा प्रकृतिका सम्पुर्ण अंगहरु र माध्यमहरु नियन्त्रण गर्दै जान्छन् । तर त्यस्तो हुदँैन । जहिलेसम्म मनुश्यद्वारा मनुश्यको शोषण जारी रहने छ त्यतिखेर सम्म यस्तो हुन पनि सक्दैन ।
युरोपमा पुँजीवादको उदयका साथै भौतिक जगत् तथा केन्द्रीयताले पुनः नयाँ गरिमा पाउँन थालेको थियो । माईकेन्जेलोका मुत्र्तिहरु मानव शरिरको शत्ति, सौैन्दर्य र गरिमाको उद्घोष लाग्दछन् । मोजालिसाको विश्वविख्यात मुस्कान त्यही समयको कृति हो । आफनो प्रगतिसिल अवधमिा आम जनताको नेतृत्व गर्दे पुँजीपति वर्गले सामन्तवाद र त्यससँग जोडिएको एउटा क्रान्तिकारीको शक्तिको रुपमा मजदूर वर्ग संगठित ह’नको साथै पुँजीपति वर्ग स्यमं धर्म र अबुद्धिवादको काखमा लुक्न पुग्यो र पुँजीसँग गासिएको उसको हृदत ।यले व्यक्तिगत सुखको विचार मात्र अपनाउन सक्यो  तर विज्ञान र मजदुर वर्गले जुन क्रानितकारी परिर्वतन प्रारभ्भ गरेका छन् तयो मानव जातिको सुखको आदिम सपनालाई सामाजिक बास्तविकता बनाउने दिशामा एउटा ठोस आरभ्भ बनिसकेको छ ।
मलाई के लाग्दछ भने सुद ती आधारभुत आवश्यकतालाई पुरा गर्नुमा मिल्दछ,जुन आवश्यकताहरु हाम्रो सामाजिक अस्तिव्वसँग  गाँसीएको हुन्छन् ।कुनै राम्रो कुरा एक्लै खादा वा कुनै राम्रो दृष्य एक्लै हेर्र्दा मलाइए केही लुकाउँदै छु जस्तो लाग्दछ । हाम्रो सामाजिक (मानविय) अस्तित्वको सिर्जना सामुहिक श्रमवाट भएको हो  र यही कारण सुख वा मुत्ति पनि वास्तविक अर्थमा सामुहिक रुपवाट पाउँन सकिन्छ । जुन मानिसहरु व्यक्तिगत रुपवाट सुखलुट्ने प्रयत्न गर्दछन् को उनीहरु सामान्य जनावरको जीवनभन्दा माथि उठेका हुँदैनन् तिनीहरुका इच्छाहरु स्वयंमा अश्लील हुन्छन् ।
हाम्रो म’ल’कमा सामन्तवादका जराहरु ज्यादै गहिरोसँग गाडिएका छन् र एउटा सिमासम्म अहिले पनि गाडिएरै रहेका छन् वेदहरुलाइ परम पवित्र ईश्वरको वचनमान्न सामन्ती चिनतकहरुले सँगै खाने र सँगसँगै सुख आर्जित गर्ने वैदिक उपदेश विर्सिएर उनीहरुले भेदभाव वा जातिपातीको कस्तो अवस्था निर्माण गरे भने यस धरतीमा सुखको कल्पना नै कठिन हुन पुगोस् । उनीहरु सुखको ईच्छालाई पाप घोषित गर्दथे । उनी भौतिकवादी विचारकहरुलाई शुद्र (पराधिन जनता ) वाट अलग गर्न दमनको आड लिन्थे किनभने भौतिकवादी विचार शुद्रहरुलाई स्वधीता र सुखको लँडाई लड्न वैचारिक हातहतियार प्रदान गर्दथ्यो उसो त यी सामन्तवादका यी कुटिल दिमागका विचारकहरु प्नि जुन लक्ष्यलाई पाउने कुरा गर्दथे त्यस (ब्रम्ह) को प्रमुख तत्व आनन्द थियो र तिनका स्वर्गका देवता इन्द्र जो सत्ता खोसिने डरले प्रायःत्रस्त रहन्थे यदा कदा स्वर्गका निरन्तर तरुण रहने अप्सराहरुवाट बाक्क भएर पृथ्वीमा ओर्लन्थे र ऋषी पत्निहरुलाई शिकार बनाउँथे
यही धरतिमा ,यसै जीवनमा सुखी र स्वाधीन हुनका निम्ति लड्न यस जीवनलाई सत्य मान्नु पनि हो । तपाँई भाववादीहरुजस्तो जगत् र जीवनको वस्तुगत सत्तालाई गनुहुन्न भने त तपाँईको नीम्ति  जीवनलाई परिर्वतन गर्नको निम्ति संघर्ष गर्नुपनि अर्थहिन हुनेछ । यँहा नैहामीलाई द्धन्द्धात्मक भौतिववादले मद्धत पु¥याउछ र त्यस्तो शक्तिसाली वैचारिक हतियार दिन्छ । जसवाट हामी दुनियाँलाई वदल्न र अझ राम्रो वनाउन सक्छौ ।
भाववादी मानिशहरु सहि ढंगवाट भौतिकवादी दर्शनको सामना गर्न नसकेपछि यस्तो निन्दा गर्न शुरु गर्छन् उनीहरु यसलाई खन्चुवा र कामुकहरुको दर्शन भन्दछन् यसको उत्तर हामी दुई तरिकावाट दिन्छौ । पहिलो व्यत्तिगतरुपवाट भोग विलास गर्ने उनीहरुको पासविक प्रवृतितिर संकेत गर्दछौ भने दोस्रो आम जनताको मुक्ति संघर्षको यो वाटो थुप्रै कठिनाई र बलिदानहरुवाट भरिएको वाटो हो । त्यसैले हामी बलिदान दिन्छौ जसले गर्दा हामी मुत्त हौं हामी खुसी हौं 

No comments:

Post a Comment