Sunday, November 9, 2014

सुखको बारेमा

                                                  गोरख पाण्डेय (भारत)



सुखी को हो ? यक्षले युधिष्ठिरसँग सोधेको चारओटा प्रश्नमा यो पनि एउटा थियो । युधिष्ठिरले सबैभन्दा राम्रो उत्तर पनि यसैको दिएका थिए भन्ने मलाई लाग्दछ । उनले भनेका थिए — जसले दिनको अन्तिम भागमा जसले घरमा साग पकाउँछ , जो आसामी (ऋणी) छैन र प्रवासी होइन त्यही व्यक्ति खुसी हो । अर्थात जो स्वतन्त्र हुन्छ त्यही सुखी हो । 

जे होस् यतिवेर म जब सुखको विषयमा सोचिरहँदा भने दुःखी भइरहेको छु । खुसी छु त्यसैले दुःखी भइरहेको छु । त्यस्तो होइन, जुन मानिसहरु सुखी हुन्छन् उनीहरु दुःखी हुन सक्दछन् । तर स्ुखलाई दुःखको कारण तिनीहरु नै भन्न सक्छन्, जो आफैँ सुख लुटिरहेका हुन्छन् र जसबाट लुटिरहेका हुन्छन् तिनीहरुलाई धोका दिनका निम्ति आफू दुःखी भएको स्वाङ पारिरहेका हुन्छन् । 

म दुःखी भइरहेको छु यसको कारण के हो भने प्रायः मेरो लागि सुख एउटा कल्पनाभन्दा बढी केही भएको छैन । जीवनमा सुखका केही क्षणहरु अवश्य नै आएका छन् तर, ती चम्किलो पखेटा भएका पुतलीहरु झैँ उडेर गएका छन् । हो बढी कृपालु भएको छ । त्यो त्यस्तो कालो र गह्रुङ्गो ढुंगे पहाड सरह छ जुन आएपछि फेरि टसकोमस हुँदैन । शरीरको रेसा–रेसाबाट रगत बग्न थाल्दछ । मन चित्कारले भरिएर आउँछ पनि, त्यान्द्रोको आड  पनि गह्रौँ हुन्छ र अब जहाज  डुब्दैछ जस्तो लाग्दछ । कहिले जीविकाको खोजीमा भौतारिन थाल्दछाै त भौतारीनै रहन्छौँ ।  खोजी पूरा हुदैन । यसैवीच भोक लाग्दछ र अपमानको झरझराउँदो अगुल्टोले झोसिन्छ । यस्तो भैइरहेको बेला के थाहा हुन्छ भने हाम्रो जीवनको भलाइको निम्ति जुन मानिसहरु संघर्ष गरिरहेका हुन्छन् र जसलाई हामी भरोसा ठान्दछाै , उनीहरु स्वयम् आपसमा बाझ्न थालेका छन् । (यद्यपी यो लडाईँ पनि उद्देश्यहिन हुदैन । त्यति हुदाहुँदै पनि एकताका शक्तिहरु पनि काम गरिरहेका छन् । फेरि पनि छ्यान्नब्यान्न छ र यो दुःखद हो ।) यसरी एक पछि अर्को कालो र गहँ्रुङ्गो पहाडसरह दुःख आउँछ र छातिमाथि बसेपछि बसेको बस्यै गर्दछ । केही समय अघि एउटा अंग्रेजी फिल्म हेर्न पाइएको थियो, त्यसको एउटा दृश्यमा जमिनदेखि आकाशसम्म गाढा अँध्यारो फैलिएको थियो र क्षितिजमा झलमलाउँदो एउटा सुनौलो शहर केही क्षण देखिएतापनि अलप हुन्छ । जति–जति दुःखले विस्तार पाउँछ र गहिरो हँुदै जान्छ ,त्यति–त्यति सुखको झमलाउँदो प्रयत्न पनि बढ्दै नै जान्छ । सुखका बारेमा अहिले सोच्नुको कारण पनि सायद यही दुःख नै हो ।
तर म के जान्दछु भने न त दुःख एक्लैको छ, न सुखको कल्पना नै म एक्लो हो । शताब्दिऔँदेखि मानव जाति दुःखको समुद्रमा डुवुल्की मार्दै आएको छ शताब्दीआंैदेखि दुःख दिने प्राकृतिक र सामाजिक शक्तिहरुका विरुद्ध लड्दै आइरहेकोे छ । तर सुखलाई उसले जीवनको वास्तविकता बनाउन पाएको छैन । सुख सपना हो , यो उसको प्रचलित टुक्का हो र उसले कल्पनामा एउटा त्यस्तो संसार पनि बनाएर राखेको छ जसलाई हामी स्वर्ग भन्दछौं । 
शोषकहरु जे आम जनताद्वारा उब्जाएको सारा सुख सम्पदालाई उनीहरुकै विरुद्ध तिनलाई सबै ढंगले पराधिन बनाउनका लागि प्रयोग गर्दछन् । तिनले यो स्वर्गको कल्पनालाई पनि आम जनताको विरुद्ध उपयोग गरेका छन् । प्रष्ट छ, स्वर्गको कल्पनाको भौतिकताको आधार त्यही सम्पदा नै थियो, जसलाई शोषक वर्गले शक्तिको भरमा जनताबाट खोसेर लिएको थियो, यस्तो अवस्थामा आम जनताको सुखको कल्पना त्यतिखेर मात्रै साकार हुन पाउँथ्यो, जतिखेर संगठित भएर उसले शोषक वर्गबाट आफ्नो  सम्पूर्ण सम्पदा, आफनो सारा सुख खोसेर फिर्ता  लिन्थ्यो । तर शोषकहरु किन यस्तो हुन दिन्थे ? उनीहरुले यो संसारमा कुनै सुख हँुदैन भनेर सिकाए । पछि कतै सुख छ भने त्यो स्वर्गमा छ, जहाँ मरेपछिमात्र जान सकिन्छ । जीवनभरि दासत्ताको जुवामा काममा लागि पर, दुःख कष्ट बेहोर, धर्म र व्यवस्थाको पालना गर, अनि मर । जसले गर्दा स्वर्गमा सुख पाउन सक्छौं । यो उपदेश तिनीहरु दिइरहेका छन् जो भोग विलासको वनमा विहार गरिरहेका छन् । जो शासन कायम राख्नका लागि निहत्था मानिसहरु, महिलाहरु र साना नानीहरुसम्मलाई आत्महत्या गर्नु धर्म भनिरहेका छन् । र जसले स्वर्ग जानका निम्ति आफूले चाहिँ कुनै कष्ट गरेनन् जसले गर्दा धरतीको भार हलुङ्गो होओस् ।

शासक वर्गका चिन्तनहरु दुःखलाई मानव जीवनको अनिवार्य अंगको रुपमा प्रस्तुत गर्दछन् । तिनका अनुसार प्रकृतिको सम्पर्कमा आउनु वा शरीर धारण गर्नु आफैँ दुःख र बन्धनबाट घेरिनु हो । उनीहरु कहिलेकाँही दुःखलाई पनि सुख जस्तो भन्दछन् ।  जस्तो उनीहरुमध्ये दुःखले सबैलाई भाँड्दछन् । जसलाई भाँड्दछन्, तिनलाई अरुले स्वाधीन राख्नका लागि तयार पार्दछ । उनीहरु के बिर्सन्छन् भने दुःखले स्वाधीनतालाई पुछेर सफा गर्न सक्दछ । र कसैको स्वाधीनता अरुको दुःखमा निर्भर हुन्छ भने यसबाट त के ऊ आफ्नो स्वाधीनताका निम्ति अरुहरुलाई पराधीन  र दुःखी बनाउन चाहन्छ भन्ने निष्र्कष निस्कँदैन र ? स्वधीनता र सुखमा त्यही सम्बन्ध हुन्छ, जुन पराधीनता र दुःखमा हुन्छ । बाबा तुलसीदासका  शब्दमा “पराधीन सपनेहु सुख नाही ।” के ज्ञान छ भने जो मानिसहरु दुःखलाई प्राकृतिक नियमका रुपमा वा सुखका रुपमा प्रस्तुत गर्दछन् उनीहरु जीवनलाई स्वधीन र सुखमय बनाउनका लागि चलिरहेको संघर्षलाई कमजोर बनाउन चाहन्छन् र सुख सम्पदामाथि एकाधिकार बनाइराख्न चाहन्छन् । आफ्नो समयका महान् क्रान्तिदर्शी बुद्धले पनि सम्ूुर्ण संसारलाई दुःखमय भनेका थिए । तर बुद्धको यो विचार एकातिर समाज चारैतिर फैलिएको यातना र दमनका परिस्थितीलाई देखेर भनेको थियो । परिस्थितीहरु यसको वास्तविक रुपबाट अतिक्रमण त्यतिखेर गर्न सकिन्नथ्यो भने अर्कोतिर शासकवर्गका प्रचलित आत्मवादी विचारधाराका विरोधबाट पनि बनेको थियो जसको एउटा प्रमुख तत्व सुख थियो र उसको हललाई बुद्ध राम्ररी जान्दथे । बुद्धले समताको आधारमा संघको आन्दोलन चलाए जुन यही जीवनमा सुख आर्जित गर्ने प्रयास थियो ।  यस अतिरिक्त जब उनी सुख दुःखको बारेमा सोच्दथे, उनलाई के लाग्दथ्यो भने इच्छा (तण्हा, तृष्ण) नै दुःखको स्रोत हो । इच्छा विनाको जीवन हुन सक्दैन र इच्छा भयो भने दुःख पनि हुनेछ । यही कारण दुःखको अन्त्य हुनुलाई जीवनको अन्त्यमा फेला पर्दथ्यो जसलाई निर्वाण अर्थात् बत्तीको ज्वाला निभ्नु भन्दथे । 

अब थोरै इच्छा बारेमा ध्यान दिनुहोस् । हाम्रो शरीरले गतिशिल रहने क्रममा लगातार ऊर्जा (तागत) खर्च गर्दछ । गतिलाई कायम राख्नका लागि शरीरलाई ऊर्जाको खाँचो पर्दछ । यो साँचो भोक हो । भोकले मानसिक रुपमा खाने इच्छा गर्दछ । यस इच्छालाई पूरा गर्नु सुख हो र नगर्नु चाहीँ दुःख हो । यसका निम्ति मनुष्यले औजारहरु बनायो । उत्पादन कर्म ग¥यो र सामान्य पशुबाट स्वतन्त्र मनुष्य बन्न पुग्यो । के इच्छा दुःखको स्रोत हो ? होइन । इच्छाले स्वतन्त्रता हाँसिल गर्नमा प्रेरक शक्तिको काम गर्दछ । यसमा संकल्प शक्ति हुन्छ । हाम्रा देशका थुप्रै विचारकहरुले के मान्दै आएका छन् भने इच्छाले कर्म गर्न प्रेरणा दिन्छ र कर्म बन्धन बन्न पुग्दछ । उनीहरु यस्तो किन भन्दछन् ? जुन इच्छाले उत्पादन कर्मलाई प्रेरित ग¥यो । त्यही बन्धन र दुःखको कारण कसरी ठान्न थालियो ? त्यही नै नरक र स्वर्गमा गरिबी र सम्पन्नतामा दास र मालिक वर्गमा बाँडिएको समाजमा दृष्टि केन्द्रित गर्नु आवश्यक छ । जुन मानिसहरु आफ्नो श्रमबाट प्रकृतिलाई बदल्दछन्, उत्पादनको कार्य गरेर अनिवार्यताकोे अन्तरबाट स्वतन्त्रताको मीठो फल पलाउँछन्, तिनै मानिसहरु सामाजिक विकासको एउटा अवधिमा दास बनाइन्छन्  र दासहरुको मेहनतबाट उत्पन्न सुख सम्पदा र स्वतन्त्रताका मालिक तिनीहरु बन्दछन् । जुन मानिस श्रम र युद्ध गर्दछन्, शारीरिक श्रमद्धारा प्रकृतिसँग सिधा सम्पर्क बनाउँने जनता पराधीन हुनासाथ शरीर समेत सम्पूर्ण (भौतिक) श्रमलाई वहन गर्ने (वास्तविक) जगतमात्र पराधीनता र दुःखको जगत् बन्न पुग्दछ । अकर्मण्यता र इच्छाहीनता, स्वतन्त्रता र आन्दोलन पर्याय बन्दछन् । शासक वर्गबाट आएका विचारकहरु आफ्नो वर्गको सत्ता स्थापना गर्न थाल्दछन् । र जसरी उनीहरुको सत्ता श्रमिक जनताको सत्ताको निषेधमाथि आधारित हुन्छ । उल्टो सामाजिक सम्बन्धहरुको अनुरुप एउटा उल्टो दर्शन पनि जन्मन्छ । यो भाववादी दर्शन हो । यसले हजारौं वर्षदेखि भौतिक जगतलाई र हाम्रो शरीरलाई हाम्रा इच्छाहरुलाई र हाम्रो कर्ममय भ्रम तथा अधर्म घोषित गरिदिएको छ र यति प्रष्ट रुपबाट गलत हुँदाहुँदै पनि परजीवि शासक वर्गको कारण शासक विचारधाराका रुपमा रहिरहेको छ । 

हामी प्रायः रचनात्मक सुख र रचनात्मक स्वतन्त्रताको कुरा सुन्दछौं । आफँैमा यो गलत छैन । तर यो रचनात्मकता प्रायः मानसिक श्रमको रुपहरु र खासगरी कला रचनाका सिपहरुमा सिमित हुन्छ । जुन मानिसहरु आफ्नो श्रमबाट रचना गर्दछन् जो अन्नवाली, पुल र बगैँचाहरु निर्माण गर्दछन् ती मानिसहरुलाई न कुनै सुख हाँसिल हुन्छ न स्वतन्त्रता नै, तर ती अन्नवालीहरु, पुलहरु र बगैँचाहरुको चित्र लेखेर वा कविता लेखेर हामी रचनाको सुख भोग्दछौँ । जुन मानिसहरु वाली, भवन र वगैँचा बनाउँदछन् उनीहरु नै हाम्रो जीवनका वास्तविक रचनाकार हुन् । एक त उनीहरु उत्पादन कर्म आफ्नो इच्छाअनुसार होइन अरुको अथार्त सम्पत्तिका मालिकहरुको इच्छा अनुसार उत्पादन गर्दछन् । र अर्को उनीहरु आफ्नो कार्यबाट आफ्ना निम्ति निरन्तर दासत्ता र अभावको रचना गर्दछन् । उनीहरु  आफ्नै कर्ममा नै आफ्ना निम्ति अलगाव उत्पन्न गर्दै जान्छन् र आफ्ना कर्मका फलहरु अर्थात् मालिकहरुको सम्पत्तिको बन्धनमा बाँधिरहन्छन् । जसरी कलाकार आफ्नो रचना माध्यम र आफ्नो बिषयवस्तुमा बढी भन्दा बढी नियन्त्रणमा राखेर सुख र स्वतन्त्रता अनुभूति गर्दछ, त्यस्तै जीवनका यी वास्तविक रचानाकारहरु पनि सुखी र स्वाधीन हुनुपर्ने, जो आफ्नो कर्मद्वारा प्रकृतिका सम्पूर्ण अङ्गहरु र माध्यमहरु नियन्त्रण गर्दै जान्छन् । तर त्यस्तो हुँदैन । जहिलेसम्म मनुष्यद्वारा मनुष्यको शोषण जारी रहनेछ त्यतिखेरसम्म यस्तो हुन पनि सक्दैन ।
युरोपमा पुँजीवादको उदयका साथै भौतिक जगत् तथा केन्द्रीयताले पुनः नयाँ गरिमा पाउँन थालेको थियो । माइकेन्जेलोका मुर्तिहरु मानव शरीरको शक्ति, सौैन्दर्य र गरिमाको उद्घोष लाग्दछन् । मोनालिसाको विश्वविख्यात मुस्कान त्यही समयको कृति हो । आफ्नो प्रगतिशील अवधिमा आम जनताको नेतृत्व गर्दै पुँजीपति वर्गले सामन्तवाद र त्यससँग जोडिएको एउटा क्रान्तिकारीको शक्तिको रुपमा मजदुर वर्ग संगठित हुनको साथै पुँजीपति वर्ग स्वयम् धर्म र अबुद्धिवादको काखमा लुक्न पुग्यो र पुँजीसँग गाँसिएको उसको हृदयले व्यक्तिगत सुखको विचार मात्र अपनाउन सक्यो  तर विज्ञान र मजदुर वर्गले जुन क्रान्तिकारी परिर्वतन प्रारम्भ गरेका छन् । त्यो मानव जातिको सुखको आदिम सपनालाई सामाजिक वास्तविकता बनाउने दिशामा एउटा ठोस आरम्भ बनिसकेको छ । 
मलाई के लाग्दछ भने, सुख ती आधारभुत आवश्यकतालाई पूरा गर्नुमा मिल्दछ, जुन आवश्यकताहरु हाम्रो सामाजिक अस्तित्वसँग  गाँसिएको हुन्छन् । कुनै राम्रो कुरा एक्लै खाँदा वा कुनै राम्रो दृश्य एक्लै हेर्र्दा मलाई केही लुकाउँदै छु जस्तो लाग्दछ । हाम्रो सामाजिक (मानवीय) अस्तित्वको सिर्जना सामूहिक श्रमबाट भएको हो र यही कारण सुख वा मुक्ति पनि वास्तविक अर्थमा सामूहिक रुपबाट पाउँन सकिन्छ । जुन मानिसहरु व्यक्तिगत रुपबाट सुख लुट्ने प्रयत्न गर्दछन् उनीहरुको जीवन सामान्य जनावरको जीवनभन्दा माथि उठेका हुँदैनन् । तिनीहरुका इच्छाहरु स्वयम्मा अश्लील हुन्छन् । 

हाम्रो मुलुकमा सामन्तवादका जराहरु ज्यादै गहिरोसँग गाडिएका छन् र एउटा सिमासम्म अहिले पनि गाडिएरै रहेका छन् वेदहरुलाई परम् पवित्र ईश्वरको वचन मान्न सामन्ती चिन्तकहरुले सँगै खाने र सँगसँगै सुख आर्जित गर्ने वैदिक उपदेश बिर्सिएर उनीहरुले भेदभाव वा जातिपातिको कस्तो अवस्था निर्माण गरे भने यस धरतीमा सुखको कल्पना नै कठिन हुन पुगोस् । उनीहरु सुखको इच्छालाई पाप घोषित गर्दथे । उनी भौतिकवादी विचारकहरुलाई शुद्र (पराधीन जनता)बाट अलग गर्न दमनको आड लिन्थे किनभने भौतिकवादी विचार शुद्रहरुलाई स्वधीता र सुखको लडार्इं लड्न वैचारिक हातहतियार प्रदान गर्दथ्यो । उसो त यी सामन्तवादका यी कुटिल दिमागका विचारकहरु पनि जुन लक्ष्यलाई पाउने कुरा गर्दथे । त्यस (ब्रम्ह) को प्रमुख तत्व आनन्द थियो र तिनका स्वर्गका देवता इन्द्र जो सत्ता खोसिने डरले प्रायः त्रस्त रहन्थे । यदा कदा स्वर्गका निरन्तर तरुण रहने अप्सराहरुबाट वाक्क भएर पृथ्वीमा ओर्लन्थे र ऋषि पत्नीहरुलाई शिकार बनाउँथे
यही धरतीमा ,यसै जीवनमा सुखी र स्वाधीन हुनका निम्ति लड्न यस जीवनलाई सत्य मान्नु पनि हो । तपाईं भाववादीहरुजस्तो जगत् र जीवनको वस्तुगत सत्तालाई गर्नुहुन्न भने त तपाईंको निम्ति  जीवनलाई परिर्वतन गर्नको निम्ति संघर्ष गर्नुपनि अर्थहिन हुनेछ । यहाँ नै हामीलाई द्वन्दात्मक भौतिववादले मद्दत पु¥याउँछ र त्यस्तो शक्तिशाली वैचारिक हतियार दिन्छ । जसबाट हामी दुनियाँलाई बदल्न र अझ राम्रो बनाउन सक्छौं ।

भाववादी मानिसहरु सहि ढंगबाट भौतिकवादी दर्शनको सामना गर्न नसकेपछि यस्तो निन्दा गर्न सुरु गर्छन् । उनीहरु यसलाई खन्चुवा र कामुकहरुको दर्शन भन्दछन् । यसको उत्तर हामी दुई तरिकाबाट दिन्छौंः– पहिलो, व्यक्तिगतरुपबाट भोग विलास गर्ने उनीहरुको पाशविक प्रवृतितिर संकेत गर्दछौं भने दोस्रो, आम जनताको मुक्ति संघर्षको यो बाटो थुप्रै कठिनाइ र बलिदानहरुबाट भरिएको बाटो हो । त्यसैले हामी बलिदान दिन्छौं जसले गर्दा हामी मुक्त हौं । हामी खुसी हौं ।
                                                                                                  साभार: प्रस्थान जर्नल